close

ड्रोनबाट सामान डेलिभरी गर्दै अमेजन

टेकपाना टेकपाना

जेठ ३१, २०७९ १४:३

ड्रोनबाट सामान डेलिभरी गर्दै अमेजन

काठमाडौं । अमेजनले यसै वर्षदेखि अमेरिकाको क्यालिफोर्नियामा पहिलोपटक ड्रोनबाट सामान डेलिभरी गर्ने भएको छ । क्यालिफोर्नियाका पसलमा भएको सामानको अर्डरलाई कम्पनीले ड्रोनबाट सोझै पुर्‍याउने तयारी गरेको हाे ।

कम्पनीले यसअघि नै यो सेवा सञ्चालनमा ल्याउने बताएको थियो । अब भने यो वर्षको अन्त्यसम्म सेवा सुरु गर्नेगरी ड्राेनबाट डेलिभरी गर्ने तयारी भइरहेकाे कम्पनीले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा क्यालिफोर्नियाको लकफोर्डबाट यो सेवा दिनेछ भने अन्य स्थानमा समेत यसलाई विस्तार गरिने जनाएको छ ।

‘यसरी ड्रोनबाट सामान पुर्‍याउने प्रक्रिया कुनै काल्पनिक जस्तै लाग्नसक्छ,’ कम्पनीको ब्लगमा भनिएको छ, ‘तर, क्यालिफोर्नियाको लकफोर्डबाट बस्ने कुनै एक प्रयोगकर्ता प्राइम एयरमार्फत यो सेवा लिने पहिलो प्रयोगकर्ता हुनेछन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६