close

सुदूरपश्चिमका पेट्रोल पम्पहरूमा चार्जिङ स्टेसन स्थापना गरिने

टेकपाना टेकपाना

असार १, २०७९ १९:५०

सुदूरपश्चिमका पेट्रोल पम्पहरूमा चार्जिङ स्टेसन स्थापना गरिने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र रहेका पेट्रोल पम्प रहेका स्थानमा चार्जिङ स्टेसन स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत प्रदेश सरकारले यस्तो कार्यक्रम सार्वजनिक गरेको हो ।

‘पेट्रोलियम पदार्थको खपत न्यूनिकरण गरी विद्युतीय सवारी साधनको प्रयोग बढाउन नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा पेट्रो पम्प रहेका स्थानमा चार्जिङ स्टेसनहरू स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ,’ प्रदेश सरकारले बुधबार सार्वजनिक गरेको बजेटमा भनिएको छ, ‘विद्युतीय चुल्हो, उपकरण तथा यातायातका साधन प्रयोग गरी थप विद्युत खपत गर्न प्रेरित गरिनेछ ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३