close

नथिङको पहिलो एन्ड्रोइड फोन भारतमा बन्ने, ब्याट्री भने चीनबाट ल्याउने

टेकपाना टेकपाना

असार ३, २०७९ ८:५५

नथिङको पहिलो एन्ड्रोइड फोन भारतमा बन्ने, ब्याट्री भने चीनबाट ल्याउने

काठमाडौं । नथिङको पहिलो एन्ड्रोइड फोन नथिङ फोन वान विश्व बजारमा जुलाई १२, २०२२ का दिन सार्वजनिक हुनेछ । सँगसँगै कम्पनीले नथिङ फोन वान भारतमा उत्पादन हुने खुलासा गरेको छ ।

भारतमा बिक्री हुने हरेक नथिङ फोन भारतको तामिलनाडु राज्यमा उत्पादन हुने कम्पनीका उपाध्यक्ष तथा जनरल म्यानेजर मनु शर्माले जानकारी दिएका छन् । उनले ब्रान्डको वास्तविक यात्रा नथिङ फोन वानबाट सुरु हुने बताएका छन् ।

त्यसै कारणले पनि नथिङले आफ्नो फोन स्थानीय बजारमै निर्माण गर्ने योजना बनाइएको हो । कम्पनीका लागि भारत निकै नै महत्त्वपूर्ण बजार भएकाले उत्पादन त्यहीँबाट सुरु गर्नु राम्रो पक्ष हो । 

त्यस्तै ग्राहकहरूको विश्वास जित्न कम्पनीले भारतका २५० सहरमा २७० सर्भिस सेन्टर निर्माण गर्ने बताएको छ ।

नथिङ फोन वान- भारतिय बजारका लागि स्मार्टफोन

‘लिकर’ (भित्री जानकारी चुहाउने व्यक्ति) मुकुल शर्माले नथिङ फोन वान भारतको तामिलनाडु राज्यमा उत्पादन हुने र त्यसको ब्याट्री चीनबाट आउने खुलासा गरेका छन् । नथिङ फोनमा ९० हर्ज रिफ्रेशरेट भएको ६.५५ ईन्च एफएचडी प्लस ओलेड स्क्रिन हुनेछ ।

त्यस्तै यो फोनमा स्न्यापड्रागन ७ जेन १ प्रोसेसर रहने बताइएको छ । क्यामेराको कुरा गर्दा यो फोन बजारमा उपलब्ध मध्यम स्तरका फोनहरू जस्तै हुनेछ । जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेलको हुनेछ ।

४५ वाट फास्ट चार्जिङ र टाइप-सी यूएसबी सपोर्ट गर्ने यो फोनको ब्याट्री ४५०० एमएएचको हुनेछ । फोनको डिजाइन भने आईफोन एक्सको क्यामेरा र आईफोन ट्वेल्भको जस्तो फराकिलो किनारा हुनेछ ।

कम्पनीले सार्वजनिक गरेको फोनको बाहिरी कभर पारदर्शी भएको पाइएको छ । जसमा दुईवटा वायरलेस चार्जिङ क्वाइल, स्क्रु र केही अन्य डिजाइनहरू देख्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३