close

साइबर सुरक्षा सम्बन्धी कार्यक्रमलाई ह्वावेले प्रायोजन गर्ने

टेकपाना टेकपाना

असार ३, २०७९ २०:४

साइबर सुरक्षा सम्बन्धी कार्यक्रमलाई ह्वावेले प्रायोजन गर्ने

काठमाडौं । ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन’ (सीएसआरआई) को आयोजनामा साइबर सुरक्षा सम्बन्धी कार्यक्रम आयोजना गरिने भएको छ । ह्वावेको मुख्य प्रायोजनमा यस्तो कार्यक्रम गर्न लागिएको हो ।

बिहीबार सीएसआरआईका अध्यक्ष प्रा.डा. सुवर्ण शाक्य र ह्वावे इन्टरनेसनल सिङ्गापुरका ग्लोबल पब्लिक सर्भिसेज इन्डस्ट्री एक्स्पर्ट प्याट्रिक लो बेन्ग ची सहितको भेटघाटमा कार्यक्रमको मुख्य प्रायोजक निश्चित गरिएको थियो । आगामी दिनमा हुने कार्यक्रमलाई ‘बहुपक्षीय सरोकारवालाबीच साइबर सुरक्षा नीति र प्रक्रियामाथिको छलफल’ नाम दिइएको छ ।

कार्यक्रमको आयोजक संस्था सीएसआरआई नेपालको सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षाको क्षेत्रमा खोज, अनुसन्धान, नवप्रवर्तन, तालिम तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको संस्था हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३