close

नेपाली बजारमा रियलमीका दुई नयाँ स्मार्टफोन, यस्तो छ फिचर र मूल्य

टेकपाना टेकपाना

असार ४, २०७९ ८:३

नेपाली बजारमा रियलमीका दुई नयाँ स्मार्टफोन, यस्तो छ फिचर र मूल्य

काठमाडौं । रियलमीले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन माेडल सार्वजनिक गरेको छ । कम्पनीले पाँच मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज हुने स्मार्टफोन ‘रियलमी जीटी नियो थ्री’ का साथै प्रिमियम फ्ल्यागशिप ‘रियलमी जीटी टु प्रो’ नेपाली उपभाेक्ताका लागि भित्र्याएकाे हाे ।

जीटी नियो थ्रीमा १५० वाट अल्ट्रा डार्ट चार्जिङ सिस्टम उपलब्ध गराइएको छ । त्यो हिसाबले कम्पनीले यो स्मार्टफोनलाई सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोनकाे नाम दिएकाे छ । फोनमा मिडियाटेक डाइमेन्सिटी ८१०० प्रासेसर छ ।

१२० हर्ज रिफ्रेस रेटका साथ ६.७ ईन्च फुल एचडी एमलोड डिस्प्ले रहेको फोनमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज क्षमता छ । ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेकाे फोनमा ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स र पछाडि २ मेगापिक्सेलकाे म्याक्रो सेन्सर छ ।

सेल्फी पारखीका १६ मेगापिक्सेलको क्यामेरा दिइएकाे छ । त्यस्तै रियलमी जीटी २ प्रोमा १५० डिग्री अल्ट्रावाइड क्यामेरा रहेको छ । फोनमा  स्न्यापड्रागन एट जेन वान प्रोसेसर रहेको छ ।

रियलमी जीटी थ्री १२/२५६ जीबी भेरियन्टको मूल्य ७७ हजार ९९९ रुपैयाँ तोकिएको छ । उपलब्ध रंगहरु नाइट्रो ब्लू र स्प्रिन्ट सेतो रङ्गमा उपलब्ध यो फोनको प्रि-बुकिङ दराजबाट सुरु गरिएको छ, जहाँ प्रयोगकताले रु ३,००० छुट पाउनेछन् ।

रियलमी जिटी टु प्रो को १२÷२५६ जिबी भेरियन्टको मूल्य एक लाख नौ हजार ९९९ रुपैयाँ छ । हाललाई कागजी सेतो रंगमा मात्र उपलब्ध यो फोन दराजबाट प्रिबुक गर्दा चार हजार रुपैयाँ छुट पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३