close

युरोपपछि अमेरिकामा पनि यूएसबी-सी पोर्ट अनिवार्य गर्न माग 

टेकपाना टेकपाना

असार ४, २०७९ १३:१९

युरोपपछि अमेरिकामा पनि यूएसबी-सी पोर्ट अनिवार्य गर्न माग 

काठमाडौं । युरोपपछि अमेरिकामा पनि सबै डिभाइसमा यूएसबी-सी पोर्ट अनिवार्य गर्नुपर्ने माग उठेको छ । अमेरिकी संसदमा डेमोक्रेट समूहले अमेरिकी वाणिज्य विभागले पनि युरोपेली युनियन (ईयू) को निर्णयलाई पछ्याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

युरोपेली युनियन (ईयू) ले युरोपमा बिक्री हुने सबै विद्युतीय डिभाइसमा एकै प्रकारको पोर्ट अर्थात् यूएसबी-सी पोर्ट अनिवार्य उपलब्ध गराउनुपर्ने निर्णय पारित गरेको छ ।

यही कुरालाई पछ्याउँदै प्रयोगकर्ताको सहजताका लागि अमेरिकामा पनि यूएसबी-सी पोर्ट अनिवार्य गरिनुपर्ने माग उठेकाे हाे । सांसदहरूले वाणिज्य विभागको सचिवलाई चिठ्ठीमार्फत यो विषयमा ध्यानाकर्षण गराएका छन् ।

उपभोक्ता र वातावरणीय मुद्दालाई लिएर ईयूले राम्रो निर्णय लिएको उक्त चिठ्ठीमा उल्लेख गरिएको छ ।

एप्पलजस्ता कम्पनीले अरूको भन्दा फरक पोर्ट अर्थात् लाइटनिङ पोर्ट बनाएर विद्युतीय फोहोर अनावश्यक रुपमा वृद्धि गरिरहेको पनि चिठ्ठीमा उल्लेख गरिएको छ ।

यद्यपि ईयूले जस्तो अमेरिकी सासंदहरूले यूएसबी-सी पोर्टलाई युनिभर्सल चार्जिङ स्ट्यान्डर्ड बनाउनुपर्छ भन्ने माग भने राखेका छैनन् ।

प्रयोगकर्ताको सहजताका लागि भने यूएसबी-सी पोर्ट अनिवार्य गर्नुपर्ने तर्क अमेरिकी सासंदहरूको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३