close

दुईवटा टाइप-सी पोर्ट भएको एप्पलको पहिलो एडप्टर सार्वजनिक, मूल्य सात हजार

टेकपाना टेकपाना

असार ४, २०७९ १६:१९

दुईवटा टाइप-सी पोर्ट भएको एप्पलको पहिलो एडप्टर सार्वजनिक, मूल्य सात हजार

काठमाडौं । एप्पलको पहिलो डुअल-पोर्ट यूएसबी-सी पावर एडप्टर सार्वजनिक भएको छ । कम्पनीले आफ्नो वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स मार्फत घोषणा गरेको एडप्टर अब भने बजारमा उपलब्ध हुने भएको हो ।

३५ वाटको यो चार्जर स्ट्यान्डर्ड र कम्प्याक्ट गरी दुई साइजमा उपलब्ध छ । यी दुवै चार्जरमा फोल्डेबल पिन प्रयोग गरिएको छ भने एक पटकमा धेरै डिभाइस चार्ज गर्न मिल्छ ।

डेभलपर्स कन्फ्रेन्समा कम्पनीले बताए अनुरुप यो चार्जर विशेषगरी म्याकबुक एयरका लागि तयार गरिएको हो । यद्यपि यो चार्जरले आईफोन, आईप्याड, एप्पल वाच, एयरपड लगायत अन्य डिभाइसहरू पनि चार्ज गर्न सकिन्छ ।

म्याकबुक एयर भने अर्को महिनादेखि बजारमा उपलब्ध हुने बताइएको छ ।

हाललाई यो अमेरिका, क्यानडा, चीन, जापान, मेक्सिको, फिलिपिन्स, ताईवान र थाइल्यान्डमा मात्र उपलब्ध हुने बताइएको यो चार्जरको मूल्य ५९ डलर (सात हजार रूपैयाँ बढी) तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३