close

‘आईफोन १४ प्रो’ मा ए१६ चिप, १६ मिनेटमै ५० प्रतिशत ब्याट्री चार्ज हुने

टेकपाना टेकपाना

असार ४, २०७९ २०:६

‘आईफोन १४ प्रो’ मा ए१६ चिप, १६ मिनेटमै ५० प्रतिशत ब्याट्री चार्ज हुने

काठमाडौं । आईफोनको इतिहासमा पहिलो पटक एप्पलले आफ्ना नयाँ आईफोनमा फरक चिपसेट जेनेरेसनहरू उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

बजारमा सार्वजनिक हुने तयारीमा रहेको आईफोन १४ सिरिजका फोनहरूको विषयमा विभिन्न जानकारी बाहिरिने क्रम जारी छ ।

यसैबीच आईफोन १४ को पर्फर्मेन्स स्पिडलाई लिएर नयाँ जानकारी बाहिरिएको छ । प्राप्त जानकारी अनुसार एप्पलको नयाँ ए१६ चिप अब प्रो मोडेलहरूमा मात्र नभई अरु मोडेलमा पनि उपलब्ध गराइनेछ ।

२०२१ मा सार्वजनिक गरिएको ए१५ को तुलनामा ए१६ चिपसेटको पर्फर्मेन्स निकै नै छिटो हुने बताइएको छ ।

ए१५ को तुलनामा ए१६ को सीपीयू ४२ प्रतिशत छिटो हुनेछ भने जीपीयू ३५ प्रतिशतले छिटो काम गर्ने दाबी छ । यसले गर्दा यो चिपसेट भएको फोनले कति फास्ट काम गर्नेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

त्यसैगरी ब्याट्रीको क्षमता पनि वृद्धि हुने बताइएको छ । बाहिरिएको जानकारी अनुसार आईफोन १४ प्रो को मोडेलहरूको फोन १६ मिनेटमा नै ५० प्रतिशत चार्ज हुने बताइएको छ भने ब्याट्री टिक्ने क्षमता पनि दुई घण्टा बढिले वृद्धि गरिएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३