close

राष्ट्रियस्तरको आईटी क्विज प्रतियोगिता सम्पन्न

टेकपाना टेकपाना

असार ५, २०७९ १५:२६

राष्ट्रियस्तरको आईटी क्विज प्रतियोगिता सम्पन्न

काठमाडौं । एभरेष्ट इन्जिनियरिङ कलेजको प्रायोजन र भिरिन्ची कलेजको सहयोगमा एनएस-एमजी एजुकेसनले आयोजना गरेको राष्ट्रिय स्तरको ‘बीई/आईटी म्याथमेटिकल क्विज प्रतियोगिता सम्पन्न भएको छ ।

पोखरा, बुटवल, चितवनलगायत विभिन्न स्थानमा प्रतिस्पर्धा गराई उत्कृष्ट २० टिमलाई अन्तिम चरणको प्रतिस्पर्धाका लागि काठमाडौं ल्याइएको थियो ।

शनिबार सम्पन्न प्रतिस्पर्धामा ललितपुर कुमारीपाटीस्थित ब्लुबर्ड कलेज ‘ए’ का विद्यार्थी प्रथम भएका छन् ।

त्यसैगरी दाेस्राे स्थान बुटवलकाे कान्ति माध्यमिक विद्यालय र तेस्राे स्थान ललितपुरकै ब्लुबर्ड कलेज ‘बी’ का विद्यार्थीले हात पारेका छन् ।

चौथौ स्थान भने मदरल्याण्ड सेकेण्डरी स्कुल पोखराले हासिल गरेकाे छ ।

प्रथम स्थान हासिल गर्ने विद्यार्थीले एभरेष्ट इञ्जिनियरिङ्ग कलेजमा पूर्ण छात्रवृत्तिमा स्नातक तहमा इञ्जिनियरिङ्ग अध्ययन गर्न पाउनेछन् भने काठमाडौँमा फाइनलका लागि आएका सम्पूर्ण टिमहरुले विभिन्न तहको छात्रवृत्ति प्राप्त गरेका छन् ।

पहिलो हुने टोलीले ५० हजार नगद हात पार्‍याे भने दोस्रो, तेस्रो र चौंथौ हुने टोलीले क्रमश: २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३