close

काठमाडौं महानगरभित्रको भौतिक पूर्वाधारको डिजिटल प्रोफाइल तयार गरिने 

टेकपाना टेकपाना

असार ५, २०७९ १६:५९

काठमाडौं महानगरभित्रको भौतिक पूर्वाधारको डिजिटल प्रोफाइल तयार गरिने 

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका भौतिक पूर्वाधारहरूको डिजिटल प्रोफाइल तयार गरिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरपालिका अन्तर्गतको भौतिक पूर्वाधारहरूको डिजिटल प्रोफाइल तयार गर्ने बताएका हुन् ।

‘एक वर्षभित्र महानगरभित्र भएका सडक, ढल, खानेपानी,  पाइपलाइन, सडक बत्ति,टेलिफोन लगायत सबै भौतिक पूर्वाधारको डिजिटल प्रोफाइल तयार गरि एकीकृत विवरण संकलन गरिनेछ,’ उनले भने । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३