close

काठमाडौंका सार्वजनिक सवारीमा अब डिजिटल भाडा 

टेकपाना टेकपाना

असार ५, २०७९ १७:३९

काठमाडौंका सार्वजनिक सवारीमा अब डिजिटल भाडा 

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र चल्ने सार्वजनिक सवारीमा विद्युतीय माध्यमबाट भाडा भुक्तानी गर्ने व्यवस्था लागू गर्न आवश्यक कार्य अगाडि बढाइने भएको छ ।

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साहले काठमाडौं महानगर क्षेत्रभित्र चल्ने सार्वजनिक सवारीमा डिजिटल भाडा तिर्ने व्यवस्था मिलाउन आवश्यक काम अगाडि बढाउने बताएका छन् ।

लामो समयदेखि चर्चामा रहेको विद्युतीय भाडा भुक्तानीको विषयलाई अगाडि बढाउने उनले बताएका हुन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३