close

आईटी कलेजमा कोटा प्रणाली हटाउने तयारी

टेकपाना टेकपाना

असार ५, २०७९ १८:५०

आईटी कलेजमा कोटा प्रणाली हटाउने तयारी

काठमाडौं । सूचना प्रविधि (आईटी) शिक्षा लिन रुचि र क्षमता भएका विद्यार्थीले पनि कोटा प्रणालीका कारण पढ्न नपाएको भन्दै याे व्यवस्था हटाउने तयारीमा सरकार जुटेकाे छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आईटी कलेजमा कोटा प्रणाली हटाउने विषयमा अध्ययन भइरहेको जानकारी दिए ।

‘सरकारको डिजिटल नेपाल फ्रेमवर्कलाई अगाडि बढाउन शैक्षिक स्तरबाट जानुपर्छ भनेर पहिलो प्राथमिकता शिक्षा क्षेत्रलाई राखिएको छ,’ उनले भने, ‘यसका लागि हामी सुरुमा आईटी शिक्षा अध्यापनमा सिट सीमित हुने प्रणालीलाई हटाउने प्रयासमा छौं ।’

आईटी पढाउने कलेजहरू सक्षम‍ भएता पनि कोटा राखेर विद्यार्थीलाई सीमित गराइएको उनले बताए । उनका अनुसार यो प्रणाली हटाउने विषयमा शिक्षा मन्त्रालयसहित अन्य सरोकारवालासँग आवश्यक समन्वय भइरहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३