close

विपन्न परिवारलाई भायनेटको निःशुल्क इन्टरनेट

टेकपाना टेकपाना

असार ६, २०७९ १२:१४

विपन्न परिवारलाई भायनेटको निःशुल्क इन्टरनेट

काठमाडौं । भायनेट कम्युनिकेसन प्रालिले आफ्नो संस्थागत सामाजिक दायित्व अन्तर्गत ‘गुड विथ इन्टरनेट अभियान’ सञ्चालन गर्दै आएको छ ।

कम्पनीले कोभिड महामारीका कारण जारी गरिएकाे  लकडाउनको समयमा आर्थिक अभावले इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरबाट वञ्चित भएका विद्यार्थीलाई मद्दत गर्ने उद्देश्यले यो अभियान सुरु गरेको थियो ।

ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमार्फत काभ्रेबाट काठमाडौं आएकी ‘प्रतिभा दिदी’ ले महामारीकाे समयमा छोराछाेरीलाई अनलाइन क्लासमा पढाउन नसकेको कुरा लेखेकाे थियाे ।

याे कुरा थाहा पाएपछि भायनेटले ‘प्रतिभा दिदी’ को परिवारलाई इन्टरनेट दिएर सहयोग गरेको थियो । यही सहयोगबाट ‘गुड विथ इन्टरनेट’ अभियान सुरु भएको हो ।

अभियान अन्तर्गत कम्पनीले हालसम्म १५ भन्दा बढीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराइसकेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

यो अभियानको दोस्रो वर्षमा चक्रपथको सडकमा फिटकिरी, बोझो लगायतका जडिबुटी बेचेर आफ्ना चार छोराछोरी पढाउन खोजिरहेकी ‘डल्ली दिदी’, कपनमा पानीपुरी बेची आफ्नो छोरा र छोरी पढाइरहेकी ‘अमला दिदी’ लगायतका १५ विभिन्न परिवारलाई सहयोग गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी वर्षमा समेत यो अभियानलाई कायम राख्ने जनाएको छ ।

साथै यदि गाउँ-समाजमा पैसाकै अभावका कारण कोही इन्टरनेट र पठनपाठनबाट वञ्चित भएकाे पाइए निःशुल्क इन्टरनेट जडान गरिदिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३