close

यस्तो छ वाई-फाई सिक्स सहित डिशहोमको ३०० एमबीपीएस इन्टरनेट

टेकपाना टेकपाना

असार ६, २०७९ १८:४५

यस्तो छ वाई-फाई सिक्स सहित डिशहोमको ३०० एमबीपीएस इन्टरनेट

काठमाडाैं । नेपालमै पहिलोपटक वाई-फाई सिक्समा आधारित उच्च गतिको इन्टरनेट उपलब्ध गराउने इन्टरनेट सेवा प्रदायकमा डिशहोम फाइबर नेटको नाम दर्ज भएको छ ।

डिशहोमले ल्याएको वाई-फाई सिक्स राउटर अहिले बजारमा पाइने राउटरभन्दा चार गुणा फास्ट स्पिडमा चल्ने बताइएकाे छ ।

वाई-फाई सिक्स अर्थात् सिक्स गिगाहर्ज वेभमा आधारित वाई-फाई प्रणालीमा ईएआई (आर्टफिसियल इन्टेलिन्स), गिगाबिट एक्सेस, डुअल ब्यान्ड स्मार्ट स्टेरिङ, सिमलेस रोमिङ, मल्टि लेभल प्रोटेक्सन, मेश नेटवर्किजस्ता विशेषता भएकाे राउटर हुनेछ ।

हाल नेपालमा २.४ र ५ गिगाहर्ज गरी दुई वेभमा आधारित वाई-फाई रहेकाेमा डिशहाेमले पहिलाे पटक ६ गिगाहर्जमा आधारित उच्च गतिकाे वाई-फाई प्रविधि सुरूवात गरेकाे हाे ।

प्रयोगकर्ताकाे वाई-फाई अनुभवलाई अझ धेरै प्रभावकारी बनाउने उद्देश्यका साथ डिशहोमले ह्वावेसँगको सहकार्य गरेकाे छ । यो प्रविधिलाई वाई-फाईकाे दुनियाँमा पछिल्लो २० वर्षयताकै ठूलो अपग्रेडको रुपमा लिइएको छ ।

वाई-फाई सिक्स के हो ? वाई-फाई फाइभ वा फाेरभन्दा यो किन फरक छ ? हामीले यसअघि नै सामग्री तयार पारिसकेका छाैं । आज हामी डिशहोमको ३०० एमबीपीएस मेगा फाई इन्टरनेट प्याकेज, जुन वाई-फाई सिक्समा आधारित छ, त्यसको टेस्ट गरेर हेर्दैछाैं ।

हेर्नुहाेस् भिडिओ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३