close

टिकटकको प्रतिस्पर्धी युट्युब शट्सका मासिक सक्रिय प्रयोगकर्ता डेढ अर्ब माथि

टेकपाना टेकपाना

असार ७, २०७९ १०:५८

टिकटकको प्रतिस्पर्धी युट्युब शट्सका मासिक सक्रिय प्रयोगकर्ता डेढ अर्ब माथि

काठमाडौं । युट्युब शट्सका मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या एक अर्ब ५० करोड भन्दा माथि पुगेको छ । टिकटकको उदयसँगै दुई वर्षअघि युट्युबले प्रयोगकर्तालाई छोटो भिडिओ प्लेटर्फको रुपमा ‘युट्युब शट्स’ उपलब्ध गराएको थियो ।

यो दुई वर्षको अवधिमा कम्पनीले शट्समा विभिन्न फिचर उपलब्ध गराउँदै आएको छ । केही समय अघि मात्रै कम्पनीले शट्समा विज्ञापन समेत उपलब्ध गराउन थालेको छ ।

साथै कन्टेन्ट क्रियटरलाई प्रोत्साहन गर्न दश करोड अमेरिकी डल बराबरको शट्स फण्ड नै तयार पारिएको छ । जसमार्फत क्रियटरलाई मासिक दश हजार डलरसम्म उपलब्ध हुने जनाइएको छ ।

यस्तोमा कम्पनीका प्रयोगकर्ता समेत उल्लेख रुपमा वृद्धि भइरहेका छन् । कम्पनीका अनुसार हाल युट्युब शट्सका मासिक सक्रिय प्रयोगकर्ता एक अर्ब ५० करोडभन्दा बढी पुगिसकेका छन् ।

दुई अर्ब भन्दा बढी लगइन प्रयोगकर्ता रहेको र त्यसमा ८० प्रतिशत भन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत अप्रिलसम्मको तथ्याङ्क अनुसार दैनिक भ्युजको सङ्ख्या ३० करोडभन्दा बढी रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३