close

फ्री फायर नेपाल च्याम्पियनशिपमा लिग चरणका खेल हुँदै, कसले जित्ला उपाधि ?

टेकपाना टेकपाना

असार ७, २०७९ १४:२७

फ्री फायर नेपाल च्याम्पियनशिपमा लिग चरणका खेल हुँदै, कसले जित्ला उपाधि ?

काठमाडाैं । फ्री फायर नेपाल च्याम्पियनशिपको खुला प्रतिस्पर्धा सम्पन्न भएको छ । खुला प्रतिस्पर्धा सम्पन्न भएसँगै लिग चरणमा प्रतिस्पर्धा गर्ने १८ वटै टोलीको टुङ्गो लागेको छ ।

खुला प्रतिस्पर्धाबाट छनोट भई आउने टिममा चन्द्रसूर्य, श्रीपेच, बिजीफोमर्सी, अनम लामा ई-स्पोर्ट्स, लोन वुल्फ, टिम रियुनाइट, सानुरा गेमिङ ई-स्पोर्ट्स, नेपस्टार ई-स्पोर्ट्स, जुकी ई-स्पोर्टस, टिम पाइरेटस, स्टेन्जर्स र द बट्टालिएनस गरी १२ टिम रहेका छन् ।

अरु ६ वटा टिम भने फ्री फायर नेपाल इन्भिटेसनलबाट राखिएको छ, जसमा अभिषेक वाईटी, खुकुरी ई-स्पोर्ट्स, तोन्डे गेमर ई-स्पोर्ट्स, ट्रेन टु किल, मुन लाइट ई-स्पोर्टस र ब्रोदरहुड रहेका छन् ।

लिग चरणका खेल १ जुलाईदेखि १० जुलाईसम्म चल्ने छन् । यसअन्तर्गत शीर्ष ६ भित्र पर्ने टिम सिधै फाइनलका लागि छनोट हुनेछन् ।

बाँकी १२ टिमले भने प्ले-इन्समा फेरि एक अर्काविरुद्ध खेल्नेछन् र यसबाट पनि शीर्ष ६ भित्र पर्न सफल रहने टोली फाइनल प्रवेश गर्ने छन् ।

फाइनलमा १२ टिम भिड्ने छन् । १७ जुलाईसम्म चल्ने यो प्रतियोगिताको कूल पुरस्कार राशि १० लाख नेपाली रुपैयाँ तोकिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३