close

के हो रवि लामिछानेले अघि सारेको ‘डिजिटल डेमोक्रेसी’ ?

टेकपाना टेकपाना

असार ७, २०७९ १५:१७

के हो रवि लामिछानेले अघि सारेको ‘डिजिटल डेमोक्रेसी’ ?

काठमाडौं । रवि लामिछानेले नयाँ राजनीतिक दल घोषणा गरेका छन् । मंगलबार राष्ट्रिय सभागृहमा कार्यक्रम गर्दै लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामकाे दल घाेषणा गरेका हुन् ।

निर्वाचन आयोगमा दल दर्ता गरी अघि बढ्ने जानकारीसँगै उनले पार्टीका केही योजना प्रस्तुत गरेका छन् । त्यसमध्ये उनले दलकाे मुख्य अवधारणामा ‘डिजिटल डेमोक्रेसी’ समावेश गरेका छन् ।

‘डिजिटल डेमोक्रेसी’ अर्थात् डिजिटल लोकतन्त्र के हो त ? अन्तर्राष्ट्रिय अध्ययनलाई आधार मान्ने हो भने यो सूचना र प्रविधिमा आधारित लोकतन्त्र हो ।

‘इलेक्ट्राेनिक’ र ‘डेमोक्रेसी’ गरी दुई फरक शब्दबाट बनेको हुँदा यसलाई ‘ई-डेमोक्रेसी’ भन्ने प्रचलन रहेको देखिन्छ । सँगै यसलाई ‘डिजिटल डेमोक्रेसी’ र ‘इन्टरनेट डेमोक्रेसी’ काे नामले पनि चिनिन्छ ।

एक्काइसौँ शताब्दीमा आएर यो अवधारणा विकास भएको देखिन्छ, जसको मुख्य उद्देश्य सूचना तथा सञ्चार प्रविधि (आईसीटी) लाई राजनीति र शासन पद्धतिमा उपयोग गर्ने हो ।

सूचना प्रविधि प्रयोग गरी लोकतन्त्रलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने मान्यता यो अवधारणाले राख्छ । साथै प्रविधिमा सामान्य मानिसलाई जोड्न ‘सिभिल टेक्नोलोजी’ र सरकारको पद्धतिलाई दर्शाउन ‘गभर्मेन्ट टेक्नोलोजी’ काे अवधारणा समावेश गर्छ ।

त्यो भन्दा पनि महत्त्वपूर्ण यसले सम्पूर्ण युवा जनसंख्या देशको कानून निर्माणका लागि योग्य छन् भन्ने मान्यता राख्छ । साथै सामाजिक, आर्थिक र संस्कृतिमा सबैको समान सहभागितालाई जोड दिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३