close

दुई वर्षमै दोब्बरले बढ्यो मोबाइल डेटाको खपत

टेकपाना टेकपाना

असार ७, २०७९ १६:२

दुई वर्षमै दोब्बरले बढ्यो मोबाइल डेटाको खपत

काठमाडौं । पछिल्लो दुई वर्षको अवधिमा मोबाइल डेटाको खपत दुई गुणाले बढेको अध्ययनले देखाएको छ । मोबाइल पूर्वाधार भेन्डर कम्पनी इरिक्सनका अनुसार विश्वका मोबाइल नेटवर्क सेवा प्रदायक कम्पनीहरूले ठूला मात्रामा नयाँ ट्राफिक धानिरहेका छन् ।

सन् २०२१ को चौथौ त्रैमासिक र सन् २०२२ को पहिलो त्रैमासिकको बीचमा मात्रै डेटा खपत १० प्रतिशतले बढेको इरिक्सनकाे अध्ययनले देखाएकाे छ ।

‘पछिल्लो दुई वर्षको अवधिमा डेटाको खपत दोब्बरले बढेको छ,’ कम्पनीले जारी गरेको मोबिलिटी प्रतिवेदनमा भनिएको छ, ‘यसको कारण मोबाइल प्रयोगकर्ताको संख्या बढ्नुका साथै बढ्दो भिडियो कन्टेन्टको खपत हो । जसका कारण प्रतिव्यक्ति डेटा खपत बढ्दै गएको छ ।’

यो तथ्याङ्कले सेवा प्रदायकलाई फ्रिक्वेन्सी थप्न बाध्य बनाएको छ । साथै फाइभजीमा रूपान्तरण हुनसमेत सेवा प्रदायकलाई बाध्यात्मक अवस्था सिर्जना गरिरहेको उल्लेख गरिएको छ ।

इरिक्सनका अनुसार सन् २०२२ मा प्रति स्मार्टफोन प्रयोगकर्ता प्रति महिना डेटा खपत १५ जीबी पुग्नेछ । उत्तर अमेरिकामा सन् २०२७ भित्र प्रति स्मार्टफोन प्रयोगकर्ता प्रति महिना डेटा खपत ५२ जीबी पुग्ने अनुमान गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३