close

डिजिटल आर्ट्स विषयमा निःशुल्क तालिम हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

असार ८, २०७९ १२:७

डिजिटल आर्ट्स विषयमा निःशुल्क तालिम हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । नियोस्फेयरले आउँदो शनिबार डिजिटल आर्ट्स र म्यानिपुलेसन सम्बन्धी निःशुल्क सेमिनार गर्ने भएको छ ।

सेमिनारमा डिजिटल आर्ट्ससम्बन्धी जानकारी, ग्राफिक्स डिजाइनिङ कुन कुन क्षेत्रमा उपयोगी हुन्छ, भिजुअल इफेक्टमा डिजिटल आर्ट्स र म्यानिपुलेसनको भूमिका, एनिमेसन भिडिओमा त्यसको प्रयोग लगायतका विषयमा जानकारी दिइने कम्पनीका सेन्टर हेड दिपेन्द्र ढकालले जानकारी दिए ।

दुई घण्टासम्म सञ्चालन हुने सेमिनारमा सहभागीलाई मल्टिमिडिया ट्रेनर सञ्जय लक्सम लिम्बूले सहजीकरण गर्नेछन् ।

साथै सहभागीले निःशुल्क डिजिटल प्रमाणपत्र पाउने व्यवस्था गरिएकाे छ । इच्छुक व्यक्तिले यस लिङ्कमा गई दर्ता गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३