close

तपाईंको स्मार्टफोनमा कत्तिको आवश्यक छ मेमोरी कार्ड ?

टेकपाना टेकपाना

असार ८, २०७९ १६:१२

तपाईंको स्मार्टफोनमा कत्तिको आवश्यक छ मेमोरी कार्ड ?

काठमाडौं । पछिल्लो समय सार्वजनिक भएका अधिकांश स्मार्टफोनमा माइक्रो एसडी स्लट उपलब्ध छैन । केही फाेनमा त १ टेराबाइट इन्टर्नल स्टोरेज दिइएकाे छ । प्रायः फ्ल्यागशिप र मिड-रेन्ज फोनमा ५१२ जीबी र २५६ जीबी इन्टर्नल स्टाेरेजकाे सुविधा छ ।

सन् २०२२ मा सार्वजनिक भएका फोनको अध्ययन गर्ने हाे भने ३२ जीबी इन्टर्नल स्टोरेज भएका फोनकाे उत्पादन ५० प्रतिशतले घटेकाे छ ।

६४ जीबी इन्टर्नल स्टोरेजसहितका फाेन गत वर्षझैं समान रूपमा सार्वजनिक भएका छन् । त्यस्तै १२८ जीबी इन्टर्नल स्टोरेज भएका फोन पहिलेभन्दा बढी सार्वजनिक भएका छन् ।

जीएसम एरेनाले गरेको पछिल्लो सर्वेक्षणमा मानिसहरूले १२८ जीबी इन्टर्नल स्टोरेज भएका फोन र त्यसैमा माइक्रो एसडी स्लट समावेश भएका फोन बढी रुचाएको पाइएको थियो ।

त्यस्तै जीएसम एरेनाले यस वर्ष तपाईंको फोनमा कति स्टोरेज छ ? भनी सञ्चालन गरेकाे सर्वेक्षणमा करिब ११ हजार मतमध्ये ३६ प्रतिशतले १२८ जीबीदेखि २५६ जीबी स्टोरेज रहेको फोन प्रयोग गर्ने बताएका छन् ।

त्यस्तै ६४ देखि १२८ जीबीसम्म इन्टर्नल स्टोरेज भएका फोन प्रयोग गर्नेमा २६ प्रतिशतले भोट गरेका छन् । २५६ जीबीभन्दा बढी स्टोरेज भएका फोन प्रयोग गर्नेमा २२ प्रतिशत प्रयाेगकर्ता छन् ।

त्यस्तै ३२ देखि ६४ जीबीसम्म प्रयोग गर्ने ११ प्रतिशत छन् भने करिब ४ प्रतिशतले ३२ जीबीभन्दा कम स्टोरेज भएका फोन प्रयोग गरेको पाइयाे ।

फोन उन्नत हुँदै जाँदा त्यसको इन्टर्नल स्टोरेज पहिलेभन्दा बढ्दै गएपनि स्टोरेज नै सबैथोक होइन । त्यसको सट्टामा माइक्रोएसडी कार्ड प्रयोग गर्न सकिन्छ ।

तर, कतिपय एपको डेटा इन्टर्नल स्टोरेजबाट मेमोरी कार्डमा सार्न सकिँदैन । मेमोरी कार्डको डेटा भने सजिलै एउटा डिभाइसबाट अर्कोमा ट्रान्सफर गर्न सकिन्छ ।

त्यसैले फोनको इन्टर्नल स्टोरेज धेरै हुनु एउटा राम्रो पक्ष त हो । तर, फोनका लागि स्टोरेज नै सबैथोक भने होइन ।  त्यस्तै फोनमा माइक्रो एसडी स्लट कत्तिको महत्त्वपूर्ण छ भन्ने जीएसम एरेनाको प्रश्नमा प्रायः मानिसहरू (करिब ८ हजार ५०० जनामध्ये ४५ प्रतिशत)ले माइक्रो स्लट हुनु राम्रो हो ।

तर, त्यति धेरै महत्त्वपूर्ण छैन भनी आफ्नो राय दिएका छन् । त्यस्तै ३९ प्रतिशतले माइक्रो एसडी स्लट नभएका फोन खरिद नगर्ने बताएका छन् भने १५ प्रतिशतले माइक्रोएसडी कार्ड त्यति आवश्यक नभएको राय व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३