close

मोरू डिजिटल वालेटमा थपियो स्मार्ट क्यूआर भुक्तानी सेवा

टेकपाना टेकपाना

असार ८, २०७९ १६:४२

मोरू डिजिटल वालेटमा थपियो स्मार्ट क्यूआर भुक्तानी सेवा

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

योसँगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले एक लाख ६० हजार स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्नेछन् भने मोरू वालेटमार्फत विभिन्न व्यापार व्यवसायमा संलग्‍न व्यवसायीले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् ।

सम्झौतामा स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मोरू वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोष साहबीच हस्ताक्षर भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३