close

जेल जान्छु, तर इम्बोस्ड नम्बर प्लेट राख्दिनँ: भीम रावल

टेकपाना टेकपाना

असार ८, २०७९ १७:२८

जेल जान्छु, तर इम्बोस्ड नम्बर प्लेट राख्दिनँ: भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद भीम रावलले आफूले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् ।

बुधबार संसद्को राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै रावलले जेल हाले जाने, तर इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताए ।

उनले इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्न ठूलो चलखेल भइरहेकाे आरोपसमेत लगाए ।

‘म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ । बरू सरकारले एक वर्ष जेल हाल्ने भनेको छ हालोस्,’ उनले भने ।

यातायात व्यवस्था विभागले नयाँ सवारी दर्ता, नवीकरण एवं नामसारी गर्दा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ । यसपछि सामाजिक सञ्जालदेखि संसदसम्म यसकाे विराेध भइरहेकाे छ ।

विभागले सवारीसाधनको उच्च सुरक्षासहितको डिजिटल प्रणाली भन्दै २०७४ भदौ ५ देखि इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो । तर पूर्वाधार र तयारीबिना सुरु गरिएका कारण इम्बोस्ड नम्बर प्लेट अहिलेसम्म सर्वस्वीकार्य नै हुन सकेको छैन ।

यसैबीच विभागले ०७९ जेठ २० गते सूचना प्रकाशित गरी बागमती प्रदेशअन्तर्गत एकान्तकुना, गुर्जुधारा र गण्डकी प्रदेशको पोखरामा दर्ता रहेका सम्पूर्ण सवारीसाधनमा असार मसान्तसम्म इम्बोस्ड बनाइसक्नुपर्ने अन्यथा कानूनी कारबाही हुने सूचना प्रकाशित गर्‍याे ।

तर इम्बाेस्ड नम्बर प्लेट परियाेजनामा अनियमितता भइरहेकाे, नम्बर प्लेटको भाषा र लिपि, नम्बर प्लेट राख्न तिर्नुपर्ने रकम र छोटो समय दिएर परिवर्तन गर्नुपर्ने नभए कारबाही हुने भनी प्रयोग गरिएको भाषाको तीव्र आलोचना भइरहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३