close

इलेक्ट्रिक बाइक ल्याउँदै बजाज

टेकपाना टेकपाना

असार ८, २०७९ २२:१७

इलेक्ट्रिक बाइक ल्याउँदै बजाज

काठमाडौं । दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे गाडीमा विश्वमै उत्कृष्ट ब्राण्डमध्ये एकमा पर्छ, बजाज । भारतमा सबैभन्दा ठूलो बजार ओगटेको बजाजले हाल विश्वका ७० देशमा आफ्नो उपस्थिति बनाएको छ ।

विशेषगरी पेट्रोलियम इन्धनमा आधारित बाइकमा राम्राे बजार जमाएकाे कम्पनीले अब भने विद्युतीय बाइक समेत निर्माण गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले पुणेको अकुर्डीमा हालै उत्पादन केन्द्र सहितको ‘चेटाक टक्नोलोजी’ सञ्चालनमा ल्याएको छ ।

बजाजले आफ्नो सब्सिडरी कम्पनीको रुपमा चेटाक सञ्चालनमा ल्याएको हाे, जहाँबाट कम्पनीले यसै वर्ष (सन् २०२२) बजारमा ल्याउने गरी विद्युतीय बाइक उत्पादन गर्नेछ । सन् २०३० सम्म भारतमा गुड्ने बाइकमध्ये ५० प्रतिशत बाइक विद्युतीय हुने आँकलनका साथ कम्पनीले यो परियोजना अघि बढाएको हो ।

यस्तोमा पट्रोलिय पदार्थ र विद्युत दुवैबाट चल्ने र विद्युतबाट मात्रै चल्ने फरक-फरक बाइकको तयारी भइरहेको जनाइएको छ । यसका लागि कम्पनीले ‘युलु’ सँग सहकार्य गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय कम्पनी युलुले लामो समयदेखि विद्युतीय बाइकमा काम गर्दै आएको कम्पनी हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३