close

सिद्धार्थ बैंकमा अनलाइनबाटै डीम्याट खाता खोल्न सकिने

टेकपाना टेकपाना

असार ९, २०७९ ८:२९

सिद्धार्थ बैंकमा अनलाइनबाटै डीम्याट खाता खोल्न सकिने

काठमाडौं । सिद्धार्थ बैंकले अनलाइनबाटै डीम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । योसँगै डीम्याट खाताका लागि भौतिक रुपमा बैंकमा उपस्थिति हुनुपर्ने झन्झटको अन्त्य भएको छ ।

ग्राहकले यो लिंकमा गई आफ्नो नयाँ डीम्याट अकाउन्टका एप्लाई गर्न सक्छन् । सो आवेदनलाई सिद्धार्थ क्यापिटलले डीम्याट खाता खोल्ने प्रक्रिया अघि बढाई फ्रिज स्थितिमा डीम्याट खाता खोल्ने बताइएको छ ।

डीम्याट खाता खोलिसकेपछि ग्राहकलाई व्यक्तिगत प्रमाणीकरणको लागि परिचय खुल्ने कागजातसहित ६० दिनभित्र नजिकको बैंक शाखा वा क्यापिटलमा उपस्थित हुन ईमेल र एसएमएसमार्फत जानकारी गराइने बैंकले जनाएको छ ।

ग्राहकले परिचय खुल्ने कागजातसहित स्वयं उपस्थित भएपश्चात बैंकले उक्त कागजात प्रमाणीकरण गरी डीम्याट खाता सक्रिय गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३