close

आउँदो शनिबार ‘माइक्रोसफ्ट पावर प्लेटफर्म’ मा मिटअप हुँदै, निःशुल्क सहभागी हुन पाइने

टेकपाना टेकपाना

असार ९, २०७९ ११:३

आउँदो शनिबार ‘माइक्रोसफ्ट पावर प्लेटफर्म’ मा मिटअप हुँदै, निःशुल्क सहभागी हुन पाइने

काठमाडौं । आउँदो शनिबार माइक्रोसफ्ट पावर प्लेटफर्ममा निःशुल्क मिटअप हुने भएको छ । क्लाउड फ्याक्ट्री नेपालको कार्यालयमा हुने यो मिटअपमा नेपाल क्लाउड प्रोफेसनल्स कम्युनिटी र पावर प्लेटफर्म युजर ग्रुपको संयुक्त आयोजनामा हुन लागेको हो ।

‘माइक्रोसफ्टका धेरै प्रडक्टमध्येको एक पावर प्लेटफर्म नेपालमा त्यति चर्चित छैन, जसलाई सफ्टवेयर डेभेलपर, आईटी व्यवसायी र व्यापारीहरूले प्रयोग गर्न सक्छन् । यसलाई कसरी प्रयोग गर्ने, यो प्रयोग गर्दा के-कस्ता फाइदा हुन्छन् भन्ने विषयको विस्तृत जानकारी दिन कार्यक्रम सञ्चालन गर्न लागिएको हो,’ नेपाल क्लाउड प्रोफेसनल्सका अध्यक्ष प्रदीप कँडेलले भने ।

माइक्रोसफ्टले आफ्नो पावर प्लेटफर्म हरेक क्षेत्रका मानिसले सफ्टवेयर विकासका लागि जोसुकैले प्रयोग गर्नसक्ने बताएको छ । यसको प्रयोग गरेर मानिसले एकदमै कम प्रोग्रामिङ प्रयोग गरेर वेब एप्लिकेसन बनाउनसक्ने कँडेलको भनाइ छ ।

मिटअपमा ‘सिटिजन डेभ’ को परिचय र यसको महत्त्व, एआई बिल्डरको डेमो, फोटो वा फिग्मादेखि एप बनाउने र आरपीएका बारेमा जानकारी दिइने कँडेलले बताए ।

मिटअप शनिबार दिउँसो १ः३० देखि ५ बजेसम्म सञ्चालन हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३