close

सामसङका ५ करोडभन्दा बढी स्मार्टफोन बिक्री नभएर स्टकमा

टेकपाना टेकपाना

असार ९, २०७९ ११:२३

सामसङका ५ करोडभन्दा बढी स्मार्टफोन बिक्री नभएर स्टकमा

काठमाडौं । यतिबेला विश्व नै आर्थिक मन्दीको चपेटामा छ । यसको असर स्वाभाविक रुपमा सबै क्षेत्रमा परिरहेकाे छ । आर्थिक मन्दी बढ्दै गएमा स्मार्टफोनको माग समेत घट्ने अपेक्षा गरिएको छ । त्यसैले विश्वका ठूला स्मार्टफोन निर्माता कम्पनीले आफ्नो उत्पादनको दायरा नै घटाउँदै गएका छन् ।

यसको उद्देश्य स्मार्टफोन बिक्री नभएर स्टकमा बसोस् भन्ने कुनै पनि कम्पनी चाहँदैनन् । तर, सामसङले भने यो चुनौती अहिले नै खेपिरहेको पाइएको छ ।

एक प्रतिवेदन अनुसार सामसङसँग अहिले पाँच करोडभन्दा बढी स्मार्टफोन स्टकमा छ । यी स्मार्टफोन विश्वभर रहेका सामसङका वितरक कम्पनीसँग रहेको जनाइएको छ ।

कम्पनीले सन् २०२२ मा कूल २७ करोड स्मार्टफोन उत्पादन गरी बिक्रीका लागि वितरकलाई उपलब्ध गराउने योजना बनाएको छ । त्यस्तोमा पाँच करोड भनेको योजनाको १८ प्रतिशत मात्रै हो । तर, पनि यो संख्या कम्पनीका लागि भने चुनौतीको रुपमा लिइएको छ ।

किनभने शिपमेन्ट भएको कूल स्मार्टफोनको १० प्रतिशत स्टकमा बस्नुलाई सामान्य रुपमा लिइन्छ । तर, सामसङको हकमा १८ प्रतिशत पुगिसकेको जनाइएको छ ।

यसरी स्टकमा रहेको स्मार्टफोनमा सबैभन्दा बढी सामसङ ‘ग्यालेक्सी ए’ सिरिजका स्मार्टफोन रहेको जनाइएको छ । यसले विस्तारै सामसङको माग घट्दै गएको देखाउँछ ।   
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३