close

सन् २०२८ सम्म विश्वभर ३३ प्रतिशत विद्युतीय सवारी गुड्ने

टेकपाना टेकपाना

असार ९, २०७९ १४:२

सन् २०२८ सम्म विश्वभर ३३ प्रतिशत विद्युतीय सवारी गुड्ने

काठमाडौं । सन् २०२८ सम्म सडकमा गुड्ने ३३ प्रतिशत सवारी विद्युतीय (इलेक्ट्रिक) हुने एक अध्ययनले देखाएको छ । अटो क्षेत्रमा अनुसन्धान गर्दै आएको एलिक्स पार्टनरले आगामी छ वर्षभित्र सडकमा एक तिहाइ विद्युतीय सवारी गुड्ने आँकलन गरेको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै साे संस्थाले सन् २०३५ सम्म सडकमा ५४ प्रतिशत विद्युतीय सवारी गुड्ने प्रक्षेपण गरेकाे छ ।

सन् २०२१ मा विश्वमा भएको गाडी बिक्रीमध्ये जम्मा ८ प्रतिशतमात्रै विद्युतीय रहेको थियो । भने, सन् २०२२ को पहिलो चौमासिकमा यो संख्या बढेर १० पुगेको जनाइएको छ ।

बजारमा विद्युतीय सवारीको बढ्दो मागलाई धान्न कम्पनीहरूले ५२६ अर्ब अमेरिकी डलर अर्थात् ६५४ खर्ब ८४ अर्ब लगानी गर्ने पनि अध्ययनले देखाएको छ ।

यो तथ्याङ्क यसअघि सार्वजनिक भएका इलेक्ट्रिक गाडीको पाँच वर्षे योजनाको तुलनामा दोब्बर हो । सन २०२० देखि २०२४ सम्म ईभीमा २३४ अर्ब डलर लगानी हुने अनुमान गरिएको थियो ।

तर, पछिल्लो समय ईभीको बढ्दो मागका कारण आगामी दिनमा लगानी थप हुने आँकलन गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३