close

ओपाई ब्राण्डको नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउँदै, मूल्य एक लाख ८२ हजार

टेकपाना टेकपाना

असार ९, २०७९ १५:३१

ओपाई ब्राण्डको नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउँदै, मूल्य एक लाख ८२ हजार

काठमाडौं । जम्बो मोटर्स प्रालिले नेपाल बजारमा ओपाई ब्राण्डकाे नयाँ विद्युतीय स्कुटर भित्र्याउने तयारी गरेको छ । कम्पनीका निर्देशक विनोद न्यौपानेले आउँदो साता ओपाई ब्राण्डकाे वाईडब्लू०६ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्न लागेकाे जानकारी दिए ।

१०० किलोमिटर अधिकतम रेन्ज दिने याे स्कुटरको २.५ किलोवाट पिक पावर रहेको छ । ७२ भोल्ट २८ एम्पायरको ग्राफिनी ब्याट्री जडान भएको यो स्कुटर अधिकतम ५५ किलोमिटर प्रति घण्टाको गतिमा गुड्नसक्ने उनले जनाए ।

कम्पनीले यो स्कुटरको मूल्य एक लाख ८२ हजार रुपैयाँ तोकेको छ ।

याे स्कुटरको ब्याट्रीमा एक वर्षको वारेन्टी रहेको छ भने मुख्य विशेषतामा की-लेस स्टार्ट, डिस्क ब्रेक, डिजिटल डिस्प्ले, एलईडी लाइट लगायतका फिचर रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३