close

ब्याट्री तातिन थालेपछि फोर्डले फिर्ता माग्यो ४९ हजार विद्युतीय कार

टेकपाना टेकपाना

असार १०, २०७९ १२:२०

ब्याट्री तातिन थालेपछि फोर्डले फिर्ता माग्यो ४९ हजार विद्युतीय कार

काठमाडौं । फोर्डको विद्युतीय कार ‘मस्ट्याङ म्याक ई’ को ब्याट्रीमा समस्या आएपछि कम्पनीले बिक्री भएका करिब ४९ हजार कार फिर्ता गर्न ग्राहकहरूलाई आग्रह गरेको छ ।

कम्पनीले जारी गरेको सूचना अनुसार ‘मस्ट्याङ म्याक ई’ को ब्याट्री धेरै तात्ने समस्या आएकोले सवारी फिर्ता मागिएको हो ।

कम्पनीले अमेरिकामा बिक्री भएका ४८,९२४ वटा ‘मस्ट्याङ म्याक ई’ कम्पनीलाई नै फिर्ता गर्न आग्रह गरेको छ ।

पछिल्लो समयमा निकै नै चर्चामा रहेको यो मोडलको विषयमा कम्पनीले जारी गरेको सूचनाले कम्पनीलाई नै ठूलो धक्का पुग्ने अनुमान गरिएको छ ।

सन् २०२० को मे २७ देखि २०२२ को मे २४ सम्म बिक्री भएका कारहरूमा ब्याट्री तात्ने समस्या फेला परेको हो । साथै कम्पनीले आफ्ना डिलरहरूलाई ‘मस्ट्याङ म्याक ई’ को कुनै पनि कार बिक्री नगर्न अनुरोध गरेको छ ।

यद्यपि नयाँ सफ्टवेयर अपडेटसँगै यो समस्या समाधान हुने कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३