ट्रेन्डिङ:
नेपालमा सुरु भयो स्याटलाइट इन्टरनेट सामाजिक सञ्जालमा समाचार शेयर गर्दा मानिस आत्मविश्वासी बन्छ- अध्ययन हरेक दिन उपहार दिँदै फोनपे, भाग्यशालीले पाउनेछन् यमाहा एफजेडआई स्कुटर कस्तो होला सामसङ ग्यालेक्सी एस २३ ? कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका ३५ सयले लिए टेलिकमकाे ई-सिम काठमाडौंमा इञ्जिनियरिङ एक्स्पो: ह्याकाथनदेखि रोबोटहरुको फुटबल म्याचसम्म हुने प्ले स्टोरमा नयाँ अपडेट, अब स्मार्टफोनबाटै अन्य डिभाइसका लागि एप डाउनलोड गर्न सकिने फेसबुक, टिकटक र पब्जीबाट अब सर्जकलाइ रोयल्टी, १५० भन्दा बढी च्यानलमा गीत राख्ने सुविधा आईओएस र एन्ड्रोइडबीच अब ह्वाटसएप च्याट ट्रान्सफर गर्न सकिने
close

नेपालमा सुरु भयो स्याटलाइट इन्टरनेट

टेकपाना टेकपाना

असार १०, २०७९

नेपालमा सुरु भयो स्याटलाइट इन्टरनेट

काठमाडौं । नेपालमा पहिलो पटक स्याटलाइट इन्टरनेट सञ्चालनमा आएको छ । सिंगापुरको क्यासिफिक स्याटलाइटसँगको सहकार्यमा एभरेष्ट लिंकले स्याटलाइट मार्फत इन्टरनेट उपलब्ध गराउन थालेको हो ।

क्यासिफिक स्याटलाइटले दक्षिण पूर्वी एशिया र प्यासिफिक क्षेत्रका २५ देशमा का–ब्याण्ड मार्फत स्याटलाइटमार्फत इन्टरनेट उपलब्ध गराउँदै आएको छ । यस्तोमा स्पेस लिंकले नेपालमा क्यासिफिकसँगको सहकार्यमा स्याटलाइट इन्टरनेट भित्र्याएको हो ।

यसका लागि स्पेस लिंकले गएको मार्चमा नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणबाट ‘का–ब्याण्ड’ का लागि अनुमति पाएको थियो । प्राधिकरणबाट नेटवर्क सेवा प्रदायक (एनएसपी) को अनुमति प्राप्त कम्पनीले एभरेष्ट लिंकसँगको सहकार्यमा स्याटलाइट उपलब्ध गराउने भएको हो । अन्य इन्टरनेट सेवा प्रदायकले पनि आवश्यक परेको खण्डमा कम्पनीसँग सहकार्य गरी सेवा दिन सक्ने जनाएको छ ।

एनएसपीको अनुमति पाएको कम्पनीले ग्राहकलाई सोझै इन्टरनेट दिन पाउँदैन । त्यसैले कम्पनीले एभरेष्ट लिंक मार्फत सेवा उपलब्ध गराउने भएको हो । यसका लागि आवश्यक परिक्षण सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्याटलाइट इन्टरनेटमार्फत नेपालको ग्रामीण तथा हिमाली भेगमा उच्च गतिको इन्टरनेट उपलब्ध हुनेछ । विशेषगरी फाइबर र मोबाइल नेटवर्क नभएको क्षेत्रमा कम्पनीले स्याटलाइटमार्फत इन्टरनेट उपलब्ध गराउने जनाएको छ ।

कम्पनीका अनुसार पहिलो चरणमा तीन प्याकेजमा यो इन्टरनेट उपलब्ध हुनेछ । जसमा ३, १५ र ३० एमबीपीएस रहेको छ । जसको मासिक शुल्क क्रमसः १७ हजार ६ सय १०, २५ हजार ४ सय १५ र ३१ हजार ९ सय ५० रहेको छ ।

यसका लागि सुरुमा जडान खर्च भने करिब ८५ हजार लाग्ने कम्पनीले जनाएको छ ।