close

विश्व स्मार्टफोन बजारमा आईफोन १३ हावी

टेकपाना टेकपाना

असार १०, २०७९ १६:१९

विश्व स्मार्टफोन बजारमा आईफोन १३ हावी

काठमाडौं । एप्पलको पछिल्लो उत्पादन आईफोन १३ सिरिजका उत्पादन कम्पनीका लागि सबैभन्दा उपलब्धिपूर्ण सावित भइरहेको छ । सार्वजनिक भएको नाै महिना बितिसक्दा पनि आईफोन १३ सिरिजका स्मार्टफोनले विश्वको स्मार्टफोन बजारमा राम्रो गरिरहेको अध्ययनले देखाएको छ ।

स्मार्टफोनको बजार अध्ययन गर्ने संस्था काउन्टरपइन्टका अनुसार विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने उत्कृष्ट १० स्मार्टफोनको सूचीमा पहिलो चार स्थान आईफोनले ओगटेको छ । गएको अप्रिलसम्मको तथ्याङ्क अनुसार सूचीको पहिलो नम्बरमा आईफोन १३ रहेको छ ।

आईफोन १३ ले ५.५ प्रतिशत बजार हिस्सा ओगटेको छ । त्यस्तै दोस्रो नम्बरमा आईफोन १३ प्रो म्याक्स, तेस्रो नम्बरमा आईफोन १३ प्रो र चौथौ नम्बरमा आईफोन १२ रहेका छन् । जसले क्रमश ३.४, १.८ र १.६ प्रतिशत बजार हिस्सा ओगटेको उल्लेख छ ।

यो सूचीको पाँचौ नम्बरमा सामसङ ग्यालेक्सी एस२२ अल्ट्रा रहेको छ । सामसङ ग्यालेक्सी एस२२ अल्ट्राले १‍.५ प्रतिशत बजार ओगटेको छ । त्यस्तै छैटौं र सातौं नम्बरमा क्रमश सामसङ ग्यालेक्सी ए१३ र आईफोन एसई २०२२ रहेका छन् ।

ग्यालेक्सी ए०३ कोर, ग्यालेक्सी ए५३ फाइभजी र रेड्मी नोट ११ एलटीई समेत यो सूचीमा छन् ।

यसरी हेर्ने हो भने आईफोन स्मार्टफोन बजारमा हावी हुँदै आएको छ । अबको केही समयपछि आईफोन १४ को तयारीमा रहेको एप्पलका लागि यो निकै ठूलो उपलब्धि हो ।

यसले आगामी दिनमा आईफोनलाई विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्डको रुपमा स्थापित गर्न मद्दत पुर्‍याउने आँकलन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३