close

साओमीका नयाँ स्मार्टवाचदेखि इलेक्ट्रिक ब्रशसम्मका उत्पादन नेपालमा, कति छ मूल्य ?

टेकपाना टेकपाना

असार १०, २०७९ २१:४

साओमीका नयाँ स्मार्टवाचदेखि इलेक्ट्रिक ब्रशसम्मका उत्पादन नेपालमा, कति छ मूल्य ?

काठमाडौं । मार्टफोन निर्माता कम्पनी साओमीले स्मार्टवाच लगायतका विभिन्न उपकरण नेपाल भित्र्याएको छ । जसमा साओमी स्मार्टवाच एस वान एक्टिभ समेत रहेको छ ।  

११७ स्पोर्ट मोड रहेको यो स्मार्ट वाचमा मुटुको धडकनको गति र रगतमा भएको अक्सिजनको मात्रा जाच्ने सेन्सर राखिएको छ । साथै बाहिरी गतिविधि ट्र्याकिङका लागि डुअल ब्यान्ड पोजिसनिङ भएको यो एस वान एक्टिभमा पानी नपस्ने बताइएको छ ।

यसमा भएको माइक्रोफोन र स्पिकरले घडीबाटै कलहरू उठाउन सकिन्छ । स्पेस ब्ल्याक कलरमा उपलब्ध हुने यो स्मार्ट वाचको मूल्य नेपाली बजारमा २२ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले रेड्मी ब्यान्ड प्रो समेत नेपाल भित्र्याउने भएको छ । आयातकार मोड्युलमा १.४७ इन्चको एमोलेड टच डिस्प्ले भएको यो स्मार्ट ब्यान्ड प्रोमा  १९४ बाई ३६८ पिक्सेल रेजोलुसन, शत प्रतिशत एनटीएससी कलर स्पेस र ४५० निट्स ब्राइटनेस भएको ८–बिटको स्क्रिन रहेको छ ।

साथै ब्यान्ड प्रोमा सुरक्षाको लागि २.५ डी टेम्पर्ड ग्लास राखिएको छ र वाटर प्रुफिङको लागि फाइभ एटीएम प्रमाणित यो स्मार्ट ब्यान्ड प्रोमा दौड, साइकिलिङ, हिँडाइ, योगा, पौडी लगायतका गतिविधिहरूको लागि ११० भन्दा बढी स्पोर्ट मोडहरू राखिएका छन् ।

त्यस्तै, २४ घन्टा मुटुको गति ट्रयाकिङका लागि यो ब्यान्डमा पीपीजी  हर्ट–रेट सेन्सर जडान गरिएको छ । यसले प्रयोगकर्ताको रगतमा अक्सिजनको मात्रा पत्ता लगाउन एसपीओ टु मापन समेत गर्न सक्छ ।

रेड्मी स्मार्ट ब्यान्ड प्रो लाई मी फिट एप मार्फत स्मार्टफोनसँग कनेक्ट गराउन सकिन्छ । जहाँ प्रयोगकर्ताले एप डेटा, फोन कल लगायतका जानकारीहरू आफ्नो ब्यान्डमा प्राप्त गर्न सक्छन् ।

कालो रङ्गमा उपलब्ध हुने यो ब्यान्ड प्रोको मूल्य नेपाली बजारमा ६ हजार १९९ रुपैयाँ पर्नेछ । यसैगरी साओमीले पोर्टेबल एयर पम्प समेत नेपाल भित्र्याएको छ ।

जसमार्फत सहजै आफ्नो सवारीको टायरमा उचित प्रेसरको साथ हावा भर्न सकिन्छ । यो पम्पले १५० पीएसआईको प्रेसरसम्म हावा भर्न सकिने भएकाले साइकल, स्कुटर, मोटरसाइकल र कारको टायरका लागि उपयोग गर्न सकिन्छ ।

यो पम्पमा प्रयोगकर्ताले सेट गरेको  पीएसआई हावा भरिएपछि स्वचालित रूपमा पम्पले हावा दिन बन्द गर्छ । साओमीको यो पोर्टेबल एयर कम्प्रेसर विभिन्न एट्याचमेन्टहरू (डच तथा फ्रेन्च भल्भ र भल्भ सुई)को साथमा आउँछ ।

जसलेगर्दा यसलाई विभिन्न टायरका लागि मात्र नभई फुटबल, बास्केट बलको लागि पनि प्रयोग गर्न सकिन्छ । यो पम्पमा भएका डिजिटल सेन्सरले सबै प्रकारका टायरहरूको चापलाई सही रूपमा मापन गर्न सक्छ ।

अँध्यारोमा पनि सजिलैसँग भल्भ फेलापार्नको लागि यो पम्पमा एक उपयोगी टर्चलाइट सुविधा पनि दिइएको छ । जसको मूल्य नेपाली बजारमा पाँच हजार ९९९ रुपैयाँ पर्छ ।

कम्पनीले सेतो रंग अनि आयातकार डिजाइन भएको मी एयर प्युरिफायर समेत नेपाल भित्र्याएको छ । सजिलै घरको प्रदूषित हावा हटाएर सफा हावा भरिदिने यो यो प्युरिफायर गोलाकार रहेको छ ।

यसमा ओएलईडी टच डिस्प्लेमा पीएम (पार्टिक्युलेट म्याटर) २.५ स्तर, तापक्रम, आर्द्रता र वाई–फाई जस्ता जानकारीहरू उपलब्ध गराउँछ । साथै यो बटनको सहयोगमा विभिन्नमोडहरू स्विच गर्न पनि सकिन्छ ।

यसमाभएको रिङ लाईट डिस्प्लेले हावाको गुणस्तर अनुसार रङ परिवर्तन गर्दछ । हावामा पीएम कन्सनट्रेसन २.५ भन्दा बढी हुँदा यसको रंग हरियो बाट पहेंलो र रातोमा परिवर्तन हुन्छ ।

यसको मूल्य नेपाली बजारमा २० हजार ९९९ रुपैयाँ राखिएको छ । यस्तै कम्पनीले टुथ ब्रश टी १०० पनि नेपाल ल्याएको छ । शक्तिशाली सोनिक मोटर भएको यो टूथब्रशले प्रतिमिनेट ३१ हजारभन्दा बढी कम्पन पैदा गर्दछ ।

जसले यसलाई प्रयोग गर्न सजिलो बनाउँछ । गिजा र दाँतको सुरक्षाका लागि यो ब्रशको माथिल्लो भाग उच्च गुणस्तरीय ब्रिस्टलको साथ धातु–रहित प्रविधिबाट निर्माण गरिएको छ । सेतो रङ्गमा उपलब्ध यो टुथ ब्रशको मूल्य नेपाली बजारमा १६९९ रुपैयाँ पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३