close

फाइभजीका लागि सिक्स गिगाहर्ज ब्याण्डको मापदण्ड तय

टेकपाना टेकपाना

असार १०, २०७९ २१:३९

फाइभजीका लागि सिक्स गिगाहर्ज ब्याण्डको मापदण्ड तय

काठमाडौं । थर्ड जेनेरेसन पार्टनरशिप प्रोजेक्ट (थ्री जीपीपी) को पूर्ण बैठक सम्पन्न भएको छ । गत जुन ६ देखी ९ सम्म चलेको उक्त बैठकले फाइभजीका लागि माथिल्लो ब्याण्ड अन्तर्गत सिक्स गिगाहर्जका लागि आवश्यक मापदण्ड पारित गरेको छ ।

सिक्स गिगाहर्ज (६४२५–७१२५) अन्तर्राष्ट्रिय मोबाइल दूरसञ्चार (आईएमटी) ब्याण्ड हो । यो ब्याण्डका लागि प्रयोग हुने नेटवर्क र ग्राहकका लागि आवश्यक डिभाइसको मापदण्ड तय गरिएको छ ।

यसका साथै यो बैठकले सिक्स गिगाहर्ज अन्तर्गत ५९२५–७१२५ सम्मको ब्याण्डका लागि आवश्यक मापदण्ड तय गर्ने कामलाई निरन्तरता दिने प्रस्तावसमेत अघि बढाएको छ । यसको उद्देश्य सिक्स गिगाहर्ज अन्तर्गतका सम्पूर्ण ब्याण्डलाई आईएमटी अनुमति प्राप्त ब्याण्डको रुपमा विस्तार गर्नु हो ।

हालको अवस्थामा देशका राष्ट्रिय रणनीतिहरू कार्यान्वयनका लागि मोबाइल कम्युनिकेसन सबैभन्दा महत्वपूर्ण पाटो बन्दै गएको छ । यस्तोमा मोबाइल उद्योगको समानान्तर विकासले मात्रै डिजिटल रूपान्तरणमा सम्भव छ ।

त्यसका लागि ग्लोबल स्टिम फर मोबाइल कम्युनिकेसन अशाेसियसन (जीएमएमए) ले मिड–ब्याण्डमा २ गिगाहर्ज फ्रिक्वेन्सी खुला गर्न आग्रह गर्दै आएको छ । यसले अन्तर्राष्ट्रिय दूरसञ्चार संघले सन् २०२५ देखी १०३० सम्मका लागि प्रस्ताव गरेको डेटा शुल्क हासिल गर्न मद्दत पुग्ने बताइएको छ ।

यस्तोमा सिक्स गिगाहर्ज अन्तर्गत ५९२५–७१२५ मेगाहर्जको ब्याण्ड महत्त्वपूर्ण हुने जनाइएको छ । यसले लो–ब्याण्डमार्फत कभरेज बढाउन र हाई–ब्याण्डमार्फत सस्तो मूल्यमा गुणस्तर कायम गर्न सेवा प्रदायकलाई सहयोग पुर्‍याउने दावी छ ।

साथै समाजको डिजिटल रूपान्तरणमा समेत योगदान पुर्‍याउने उल्लेख छ । सिक्स गिगाहर्ज ब्याण्डलाई आईएमटी मायन्ता प्रदान गर्नका लागि ‘थ्री जीपीपी’ ले झन्डै छ महिना निरन्तर रुपमा काम गरेको बताइएको छ ।

यसअघि सन् २०२१ को डिसेम्बर १७ मा ‘थ्री जीपीपी’ को पूर्ण बैठक बसेको थियो । उक्त बैठकले अघि बढाएको यो परियोजनालाई मान्यता दिएको हो ।

यो सबै विश्वका सेवा प्रदायक, उपकरण बिक्रेता, चिपसेट निर्माता लगायत अन्य दूरसञ्चार साझेदार कम्पनीको सहकार्यबाट सम्भव भएको ‘थ्री जीपीपी’ ले बताएको छ ।

यो पहलले सिक्स गिगाहर्जलाई आईएमटी ब्याण्डको रुपमा प्रवर्द्धन गर्नसमेत मद्दत गर्ने बताएको छ । सिक्स गिगाहर्जको लागि हाल परीक्षण समेत भइरहेको र सन् २०२५ भित्र यसलाई प्रयोगमा ल्याउने तयारी भइरहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३