close

काठमाडौंका यी ठाउँमा टेलिफोन लाइन अवरूद्ध

टेकपाना टेकपाना

असार ११, २०७९ ७:५५

काठमाडौंका यी ठाउँमा टेलिफोन लाइन अवरूद्ध

काठमाडौं । काठमाडौंका आठभन्दा बढी स्थानमा टेलिफोन लाइन अवरूद्ध भएको छ ।

धरहराको कम्पाउन्ड वाल निर्माणका क्रममा स्काभेटरले खन्दा केबलमा क्षति भई टेलिफाइन लाइनहरू अवरूद्ध भएको टेलिकमले जनाएको छ ।

कम्पनीको प्रादेशिक निर्देशनालय काठमाडौंले एक सूचना जारी गर्दै वसन्तपुर, ढाेकाटाेल, यट्खा, नरदेवी, टेंगल, भूरङखेल, क्षेत्रपाटी, ठहिटीमा टेलिफाेन लाइन अवरूद्ध भएकाे जानकारी दिएकाे छ ।

क्षति भएकाे टेलिफोन लाइनको मर्मत भइरहेको उल्लेख गर्दै टेलिकमले यसबाट ग्राहकमा पर्न गएको असुविधाप्रति माफी मागेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३