close

विन्डोड ८.१ को सर्पोट पूर्ण रूपमा बन्द गर्दै माइक्रोसफ्ट

टेकपाना टेकपाना

असार ११, २०७९ १६:५०

विन्डोड ८.१ को सर्पोट पूर्ण रूपमा बन्द गर्दै माइक्रोसफ्ट

काठमाडौं । माइक्रोसफ्टले आउँदो अंग्रेजी वर्षदेखि विन्डोज ८.१ को सर्पोट पूर्ण रुपमा बन्द गर्ने भएको छ । सन् २०१३ मा कम्पनीले विन्डोज ८ पछिकाे नयाँ संस्करणका रूपमा विन्डोज ८.१ सार्वजनिक गरेको थियो ।

सन् २०१८ मा आएर कम्पनीले यो प्रडक्टको सर्पोट बन्द गर्ने निर्णय गर्‍याे । । तर, विन्डोज ८.१ ले माइक्रोसफ्टको ‘लाइफसाइकल सपोर्ट पोलिसी’ अन्तर्गत थप पाँच वर्षका लागि सपोर्ट प्राप्त गरेको थियो ।

त्यसैले हालसम्म पनि विन्डोज ८.१ ले सेक्युरिटी अपडेड प्राप्त गर्दै आएको थियो । तर, अब भने सम्पूर्ण सपोर्ट बन्द हुने भएको छ ।

कम्पनीले विन्डोज ८.१ का प्रयोगकर्तालाई सन् २०२३ को जनवरी १० बाट सपोर्ट बन्द हुने विषयमा जानकारी दिन थालेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३