close

कहिले आउला एप्पलको एआर हेडसेट ?

टेकपाना टेकपाना

असार ११, २०७९ १७:५८

कहिले आउला एप्पलको एआर हेडसेट ?

काठमाडौं । पछिल्लो समय अगुमेन्टेड रियालिटी (एआर) हेडसेटमा धेरै कम्पनीहले लगानी गरिरहेका छन् । फेसबुकले लामो समयदेखि एआरमा आफ्नो प्रडक्ट बिक्री गर्दै आएको छ ।

अब विश्वको अर्को ठूलो प्रविधि कम्पनी एप्पल पनि बजार प्रवेशको तयारीमा रहेको देखिएको छ । एप्पलले आउँदाे वर्ष अर्थात् सन् २०२३ को जनवरीमा एआर हेडसेट सार्वजनिक गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कम्पनीका एनालिस्ट मिङ–ची कुओले यस विषयमा जानकारी दिएको समाचारमा जनाइएको छ । यसको अर्थ अबको ७ महिनापछि कम्पनीले एआर सेट बजारमा उपलब्ध गराउने छ ।

लामो समयदेखि एप्पलले एआर/भीआरमा लगानी गर्ने चर्चा चल्दै आएपनि ठोस जानकारी सार्वजनिक भएको थिएन ।

एप्पलले ल्याउने एआर हेडसेट फरक शैलीकाे हुनुका साथै यसले हेडसेटकाे बजारलाई नै नयाँ दिशा प्रदान गर्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३