close

फाइभजीको अपलोड स्पिडमा अहिलेसम्मकै ठूलो सफलता

टेकपाना टेकपाना

असार ११, २०७९ १९:२६

फाइभजीको अपलोड स्पिडमा अहिलेसम्मकै ठूलो सफलता

काठमाडौं । नोकिया, एलिसा र क्वालकम टेक्नोलोजीले फाइभजीको अपलोड स्पिडमा हालसम्मकै उच्च गति हासिल गर्न सफल भएका छन् । यी तीन कम्पनीको सहकार्यमा अघि बढेको परियोजनामा फाइभजीमा अपलोड स्पिड २.१ जीबीपीएस हासिल भएको हो ।

अपलोडको हकमा यो गति अहिलेसम्मकै धेरै भएकाे दाबी गरिएकाे छ ।  फिनल्याण्डमा भएको लाइभ परीक्षणमा यो सफलता मिलेकाे हाे, जुन एलिसाको व्यावसायिक फाइभजी नेटवर्कमा गरिएकाे थियो ।

२६ गिगाहर्ज एमएम वेभ फ्रिक्वेन्सीमा आधारित भएर गरिएको परीक्षणमा २.१ जीबीपीएस गति हासिल भएको हो । यसका लागि नोकियाले आफ्नो क्यारियर एग्रिगेसन (सीए) प्रविधि प्रयोगमा ल्याएको थियो, जसले उपलब्ध फ्रिक्वेन्सीको सही सदुपयोगमा मद्दत पुर्‍याएको जनाइएको छ ।

यसरी गरिएको फाइभजी परीक्षणमा क्वालकमको स्न्यापड्रागन एक्स६५ फाइभजी मोडियम-आरएफ सिस्टम प्रयोग भएको जनाइएको छ ।

साथै क्वालकमको चौथो पुस्ताको क्यूटीएम५४५ एमएमवेभ एन्टेनासमेत प्रयोग भएको थियो ।

‘एलिसा फिनल्याण्डमा फाइभजी सेवा विकासमा सबैभन्दा अघि रहेको छ,’ कम्पनीका कार्यकारी उपनिर्देशक सामी कोमुलाइनेले भनेका छन्, ‘फाइभजीको अपलोड स्पिडमा हासिल गरेको गति कम्पनी र कम्पनीका प्रयोगकर्ताका लागि अर्को उपलब्ध हो । यसअघि हामीले नोकिया र क्वालकमसँगकै सहकार्यमा डाउनलोड स्पिडमा ८ जीबीसम्म हासिल गर्न सफल भएका थियौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३