close

नारायणीमा पौडी खेल्नेक्रममा बेपत्ता भएका इथिकल ह्याकर विनित घिमिरे मृत भेटिए

टेकपाना टेकपाना

असार १२, २०७९ १४:३८

नारायणीमा पौडी खेल्नेक्रममा बेपत्ता भएका इथिकल ह्याकर विनित घिमिरे मृत भेटिए

काठमाडौं । २२ वर्षीय इथिकल ह्याकर विनित घिमिरे मृत भेटिएका छन् । बिहीबार साथीहरूसँग पौडी खेल्ने क्रममा बेपत्ता भएका घिमिरेको शव शनिबार बेलुका ६ बजेतिर नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-७ त्रिवेणीधाम नजिकै भेटिएको हो ।

शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताइएको छ । वडा प्रहरी कार्यालय नारायणगढका अनुसार घिमिरे बिहीबार बिहान करिब १० बजेतिर भरतपुर शिव घाट स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

चितवन भरतपुर १५ मिलनचोक घर भएका घिमिरे बेपत्ता भएको खबर प्राप्त भए लगत्तै वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षकको नेतृत्वमा विपद व्यवस्थापन सहितको टोली खोजी तथा उद्धारका लागि खटिएको थियो । 

७० वटा विभिन्न बहुराष्ट्रिय कम्पनी, संस्था तथा विश्वविद्यालयहरुबाट रिवार्ड तथा एक्नलेजमेन्ट पाइसकेका घिमिरे पछिल्लो समय लिपफ्रग टेक्नोलोजी नामक आईटी कम्पनीमा आवद्ध थिए । यूनाइटेड टेक्निकल कलेजमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विनित फुल स्ट्याक वेब डेभलपर तथा वेब नेटवर्क पेनिट्रेसन टेस्टरको रूपमा समेत सक्रिय थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३