close

फाइभजी फ्रिक्वेन्सीका लागि भारतीय दूरसञ्चार कम्पनीले ७ खर्बभन्दा बढी लगानी गर्ने

टेकपाना टेकपाना

असार १२, २०७९ १५:१४

फाइभजी फ्रिक्वेन्सीका लागि भारतीय दूरसञ्चार कम्पनीले ७ खर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । भारतका तीन निजी दूरसञ्चार सेवा प्रदायक रिलायन्स जिओ, भारती एयरटेल र भोडाफोन आइडियाले फाइभजी फ्रिक्वेन्सीका लागि सात खर्ब १० अर्ब भारतीय रुपैयाँभन्दा बढी लगानी गर्ने भएका छन् ।

भारत सरकारले आगामी महिना फाइभजीका लागि आवश्यक फ्रिक्वेन्सीको अक्सन गर्ने तयारी गरेको छ, जसमा ४३ खर्ब भारूभन्दा बढीको फ्रिक्वेन्सी अक्सन हुनेछ ।

सरकारले यो मेगा अक्सनमा दूरसञ्चार कम्पनीका साथै अन्य इन्टरप्राइजलाई समेत गराउने निर्णय गरेको छ । त्यसमध्ये सबैभन्दा ठूलो लगानी दूरसञ्चार कम्पनीबाटै हुने छ ।

फ्रिक्वेन्सीमा पनि दूरसञ्चार कम्पनीले ठूलो लगानी गर्नेछन्, जसमा सबैभन्दा बढी भारती एयरटेलले २५,००० करोड र भाेडाफाेन आइडियाले ८,५०० करोड लगानी गर्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३