close

नेपाल भित्रियो ह्वावेकाे महँगो घडी

टेकपाना टेकपाना

असार १२, २०७९ १८:३५

नेपाल भित्रियो ह्वावेकाे महँगो घडी

काठमाडौं । नेपाली बजारमा ‘ह्वावे वाच जीटी थ्री प्राे’ माेडलकाे स्मार्टवाच भित्रिएकाे छ । १.४३ इन्चको टाइटनियम एमोलेड डिस्प्ले रहेको याे स्मार्टवाच हार्मोनी अपरेटिङ सिस्टम २.० मा आधारित छ, जुन एन्ड्रोइड ६ र आईओएस ९ माथिका डिभाइसमा पनि कम्प्याटिबल रहेको कम्पनीले जनाएको छ ।

ईसीजी, डाइभिङ मोड लगायतका फिचर रहेकाे वाचमा डुअल-ब्यान्ड ए-जीपीएस दिइएकाे छ । त्यस्तै यसले ब्लुटुथ ५.२ सपाेर्ट गर्छ ।

कम्पनीका अनुसार याे स्मार्टवाच प्रिमियम मटेरियलसहित बनेकाे छ । यसले शरीरकाे तापक्रम, मुटुकाे गति, निद्रा मापनदेखि अन्य फिटनेस ट्र्याकिङकाे काम गर्ने बताइएकाे छ ।

वाटर रेसिस्ट्यान्टका लागि आईपी६८ दिइएको याे वाचकाे तौल ५० ग्राम छ । त्यस्तै यसमा ५३० एमएएचको नन-रिमुभेबल (निकाल्न नमिल्ने) ब्याट्री रहेको छ, जसले वायरलेस चार्जिङ सपोर्ट गर्छ ।

नेपाली बजारमा यसकाे मूल्य ४७ हजार ९९० रुपैयाँ निर्धारण गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३