close

मेट ५० सिरिजका स्मार्टफोन र हार्मोनी ओएस ३.० सार्वजनिक गर्ने तयारीमा ह्वावे

टेकपाना टेकपाना

असार १३, २०७९ ११:८

मेट ५० सिरिजका स्मार्टफोन र हार्मोनी ओएस ३.० सार्वजनिक गर्ने तयारीमा ह्वावे

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले नोभा १० सिरिजमा नयाँ स्मार्टफोन चाँडै बजारमा उपलब्ध हुनेछ । ह्वावेमाथि लागेको प्रतिबन्धका कारण पछिल्लो केही वर्ष यता कम्पनीले नोभा र पी सिरिजमा मात्रै स्मार्टफोन सार्वजनिक गर्दै आएको छ । गत वर्ष जुलाई २९ मा कम्पनीले पी ५० सिरिजमा स्मार्टफोन सार्वजनिक गरेको थियो ।

यदि योजना अनुसार नै अघि बढ्ने हो भने कम्पनीले यो वर्ष मेट ५० सिरिजका स्मार्टफोन समेत सार्वजनिक गर्ने भएको छ । हालसम्मको योजना अनुसार यो फोन सन् २०२२ को तेस्रो चौमासिकमा सार्वजनिक हुनेछ । पछिल्लो केही महिना यता मेट ५० को विषयमा विभिन्न जानकारी सार्वजनिक हुँदै आएको छ ।

साथै कम्पनीले आफ्नै अप्रेटिङ सिस्टमको नयाँ भर्सन हार्मोनी ओएस ३.० समेत सार्वजनिक गर्ने तयारी गरिरहेको उल्लेख छ । नयाँ ओएसमा धेरै फिचरहरू थप हुने अपेक्षा गरिएको छ । हालसम्म प्राप्त जानकारी अनुसार ह्वावे मेट ५० सेप्टेम्बर १२ मा सार्वजनिक हुनेछ । जसमा किरिन ९०००एस चिपसेट उपलब्ध हुनेछ ।

साथै यो फोन कम्पनीले विश्व बजारमै उपलब्ध गराउने जनाएको छ । हार्मोनी ओएसमा आधारित हुने मेट ५० हाल परीक्षणको क्रममा रहेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३