close

ई-सेवाबाट बीमाशुल्क भुक्तानी गर्दा २०० रुपैयाँ क्यासब्याक पाइने

टेकपाना टेकपाना

असार १३, २०७९ १७:२३

ई-सेवाबाट बीमाशुल्क भुक्तानी गर्दा २०० रुपैयाँ क्यासब्याक पाइने

काठमाडौं । अन्तर्राष्ट्रिय बीमा जागरुकता दिवसको अवसरमा ई-सेवाले भोलि (मंगलबार) का लागि विशेष अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत मंगलबार मध्यान्ह १२ बजेदेखि २ बजेसम्म ई-सेवामार्फत जीवन बीमाको बीमा शुल्क भुक्तानी गर्दा २०० क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।

यसैगरी जीवन बीमा कम्पनीमा गएर सोही दिन क्यूआर मार्फत भुक्तानी गर्दा पनि उक्त क्यास ब्याक पाउन सकिने कम्पनीले जनाएको छ । ई-सेवामार्फत भुक्तानी गर्दा हाल सञ्चालन भइरहेको लखपति योजनामा समेत सहभागी हुन सकिनेछ ।

कम्पनीले बिमितहरूलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले बिमितहरूका लागि लखपति योजना सञ्चालन गरिरहेको छ । भदौ ५ गतेसम्म सञ्चालन हुने यो योजनामा ई-सेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरू मध्येबाट बम्पर उपहारमा  एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् ।

यस्तै उपहार विजेता बिमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०/२० हजार रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन् । 

त्यस्तै योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरू मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो योजना नेपालमा सञ्चालित सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागू हुने कम्पनीले बताएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३