close

हेटौँडालाई वैज्ञानिक र प्रविधिमय बनाउने प्रयास

टेकपाना टेकपाना

असार १३, २०७९ १९:१२

हेटौँडालाई वैज्ञानिक र प्रविधिमय बनाउने प्रयास

काठमाडौं । हेटौँडामा वैज्ञानिक एवम् प्रविधिमय वातावरण बनाउने उद्देश्यका साथ एक कार्यक्रम आयोजना गरिएको छ । एष्ट्रोनोभा फाउन्डेसन नेपालले फ्युचर एजुकेसन अफ साइन्स एन्ड टेक्नोलोजी र एष्ट्रो रोबोटिक नेपालसँगको सहकार्यमा ११ दिने कार्यशाला गोष्ठी आयोजना गरेको हो ।

कार्यक्रम रोबोटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्युचर टेक्नोलोजी र एष्ट्रोनोमीमा केन्द्रित गरिएको थियो । हेटौँडा उपमहानगरपालिकामा रहेको तुलसी मेयर मेमोरियल विद्यालय तथा नारायणी कलेजमा आयोजना गरिएको कार्यशालाले विद्यार्थीहरूमा वैज्ञानिक सोच, रचनात्मक एवम् सकारात्मक चिन्तन र सृजनशील क्षमताको विकासमा सहयोग पुर्‍याउने अपेक्षा राखिएको छ । 

कार्यशालामा विद्यार्थीहरूलाई फिजिक्स, फिजिक्स इन एक्सन, म्याथ इन एक्सन, चन्द्रमा अवलोकन, नोबेल विजेता वैज्ञानिकहरूले हस्ताक्षर गरेको टेलिस्कोपबाट सोलार अवलोकन, ब्ल्याक होल, बिग ब्याङ थेउरी, थेउरी अफ रिलेटिभिटी, (स्पेशल/जनरल) को बारेमा चर्चा परिचर्चा गरिएको थियो ।

त्यस्तै इन्बेडेड सिस्टम तथा रोबोटिक्स अन्तर्गत सी प्रोग्रामिङ ल्याङ्ग्वेज, अटो ट्राफिक लाइट सिस्टम, भूकम्प मापन सिस्टम, होम अटोमेसन सिस्टम, बेस्ट म्यानेजमेन्ट सिस्टम (स्मार्ट डस्टबिन) लगायतको विषयमा पनि सहभागी विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको थियो ।

त्यस्तै फ्युचर टेक्नोलोजीतर्फ आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, अगमेन्टेड रियालिटी, भर्चुअल रियालिटी र डेटा सेक्युरिटी लगायतको विषयमा प्रशिक्षण दिइएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३