ट्रेन्डिङ:
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड शपिङ गर्न सकिने नेपालमा इनड्राइभर एपको प्रयोग बन्द गराउन माग राख्दै सर्वोच्चमा रिट दायर फोल्डेबल आईप्याड र म्याकबुक बनाउन एलजीसँग सहकार्य गर्दै एप्पल फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड शपिङ गर्न सकिने म्युचुअल फ्रेन्ड लिस्टमा कसैकसैलाई किन देखाउँदैन फेसबुक ? टेलिकमको फोरजी विस्तार सुस्त, सेवा प्रभावकारी बनाउन समितिको निर्देशन बन्द हुँदै गुगलको क्लाउड गेमिङ सर्भिस 'स्टाडिया' डिशहोमको अंग्रेजी सांगीतिक प्रतियोगितामा शिवना विजयी ट्वीटर ह्यासट्यागकै भरमा एन्ड्रोइडको समस्या समाधान !
close

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

टेकपाना टेकपाना

असार १४, २०७९

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

काठमाडौं । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भानु नगरपालिका–९ निवासी ४५ वर्षीया तारा थापा रहेकी छन् ।

सोमबार मोबाइल चार्ज गर्ने क्रममा प्लगबाट थापालाई करेन्ट लागेको थियो ।

घाइते भएकी उनलाई उपचारका लागि दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।