close

यस्ता छन् नेपालीले प्रयोग गर्ने झुर पासवर्ड, कतै तपाईंको त परेन ?

टेकपाना टेकपाना

असार १४, २०७९ १६:९

यस्ता छन् नेपालीले प्रयोग गर्ने झुर पासवर्ड, कतै तपाईंको त परेन ?

काठमाडौं । सूचना प्रविधिको व्यापक विकास र विस्तारसँगै मानिसहरूले थुप्रै किसिमका अनलाइन अकाउन्ट खोलेका छन् । तर यस्ता अकाउन्ट सुरक्षाका दृष्टिले निकै कमजोर रहेको पाइएकाे छ ।

साइबर सुरक्षा कम्पनी भैरव टेक्नोलोजी प्रालिले नेपालमा सबैभन्दा बढी प्रयोग गरिने पासवर्ड सार्वजनिक गरेको छ ।

कम्पनीले हालै प्रकाशित गरेकाे रिपोर्टअनुसार नेपालमा सबैभन्दा बढी प्रयोग भएको पासवर्ड ‘kathmandu’ हो ।

यी विवरण लिक तथा ब्रिच भएका डेटाबाट सङ्कलन गरिएको हो । अझै पनि शब्द, संख्या, नाम आदि राखेर पासवर्ड सिर्जना गर्ने अभ्यास छ । सुरक्षाका हिसाबले यस्ता पासवर्ड प्रतिकूल हुने विज्ञहरू बताउँछन् ।

भैरव टेक्नोलोजीले ट्वीट गर्दे प्रयोगकर्तालाई युनिक तथा स्ट्रोङ पासवर्ड राख्न सुझाव दिएको छ । रिपाेर्ट अनुसार नेपालमा प्रयोग हुने सर्वाधिक पासवर्ड र सङ्ख्या यसप्रकार छन् ।

क्र.शपासवर्डसंख्या
१.kathmandu२९,२८८
२.nepal123९,४८०
३.pokhara७,१५१
४.nepal६,७६५
५.sagarmatha३,४८७
६.ktm123२,१९६
७.dharan२,१५८

कसरी राख्ने बलियो पासवर्ड ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३