close

अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

टेकपाना टेकपाना

असार १४, २०७९ १६:४१

अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

मकवानपुर । अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका-४ कमलडाडाँ डेरा गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य लगायत ११ जनालाई पक्राउ गरेको हो ।

उक्त ठाउँमा अनलाइन जुवा खेलाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १०८ थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद एक लाख ४५ हजार ७५ रुपैयाँसहित पक्राउ गरेको हो ।

हाल फरार कुलदीप पाठकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३