close

रेडियो नेपालको ओटीटी एप सार्वजनिक, के के छन् त सुविधा ?

टेकपाना टेकपाना

असार १४, २०७९ १७:३१

रेडियो नेपालको ओटीटी एप सार्वजनिक, के के छन् त सुविधा ?

काठमाडौं । रेडियो नेपालले आफ्नो ओटीटी एप सार्वजनिक गरेको छ । सिंहदरबारस्थित रेडियाेकाे कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एप सार्वजनिक गरे ।

एपमा लाइभ रेडियो सुन्न सकिनुका साथै रेडियोका लोकप्रिय र नियमित कार्यक्रमहरू सुन्न सकिन्छ । यसकारण लाइभ सुन्ने समय नभएपनि स्रोतfले आफ्नो समय मिलाएर रेडियोका सामग्री सुन्न सक्छन् ।

त्यस्तै एपमै विभिन्न विधाका गीत सुन्न र समाचार पढ्न पनि सकिन्छ । साथै रेडियाे नेपालकाे अफिसियल वेबसाइट एपबाटै भिजिट गर्न सकिने सुविधा दिइएकाे छ ।

रेडियो नेपालले विगतका वर्षदेखि नै डिजिटलाइजेसन गरिसकेका अडियाे सामग्री बजारीकरण गरी थप आयआर्जन गर्न याे एप सार्वजनिक गरेको बताएको छ ।

मन्त्री कार्कीले विदेशमा रहेका नेपालीहरूलाई देशसँग जोड्न ओटीटी एपको भूमिका महत्त्वपूर्ण हुनसक्ने भन्दै एपमार्फत मुलुकप्रतिको आत्मियतालाई अभिवृद्धि गर्न र काममा थप ऊर्जा पुग्ने विश्वास व्यक्त गरे ।

उक्त एप निर्माणमा न्यू आईटी भेन्चर्सले सहकार्य गरेको छ । एन्ड्राेइड प्रयाेगकर्ताले एप यहाँबाट डाउनलोड गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३