close

मुकेश अम्बानीले लगाए छोरा आकाशलाई रिलायन्स जिओको जिम्मा

टेकपाना टेकपाना

असार १४, २०७९ १८:५६

मुकेश अम्बानीले लगाए छोरा आकाशलाई रिलायन्स जिओको जिम्मा

काठमाडौं । भारतका धनाढ्य एवं रिलायन्स जिओका मालिक मुकेश अम्बानीले आफ्ना ३१ वर्षीय छोरा आकाशलाई रिलायन्स जिओको जिम्मा लगाएका छन् ।

मुकेशले रिलायन्स जिओको बाेर्ड अफ डिरेक्टर पदबाट राजीनामा दिएपछि छोरा आकाश अम्बानी कम्पनीकाे प्रमुख पदमा नियुक्त भएका छन् ।

साथै कम्पनीको प्रबन्ध निर्देशकमा रामिन्द्रसिंह गुजराल नियुक्त भएका छन् । कम्पनीको अतिरिक्त निर्देशकमा केभी चौधरी नियुक्त भएका छन् ।

कम्पनीका नवनियुक्त प्रमुख आकाश अम्बानी यसअघि कम्पनीको उपकार्यकारी निर्देशकका रुपमा कार्यरत थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३