close

केयू ह्याक फेस्ट हुँदै, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

असार १४, २०७९ १९:४६

केयू ह्याक फेस्ट हुँदै, यसरी दिनुहोस् आवेदन

काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गतको काठमाडौं युनिभर्सिटी कम्प्युटर क्लब (केयूसीसी) काे आयाेजनामा अन्तर्राष्ट्रिय डिजिटल हाइब्रिड ह्याकाथन ‘केयू ह्याक फेस्ट २०२२’ हुने भएको छ ।

गत संस्करणमा ४८ घण्टा लामो ह्याक फेस्ट सफल सम्पन्न भएपछि यो वर्ष ३६ घण्टा लामो ह्याक फेस्ट आयोजना गर्न लागिएको आयोजक केयूसीसीले जनाएको छ ।

साउन २० देखि २२ सम्म सञ्चालन हुने ह्याक फेस्टमा सहभागीले भौतिक र भर्चुअल दुवै रुपमा सहभागी हुन पाउनेछन् ।

कार्यक्रममा सहभागी हुन पाँच जनाको टोली बनाई आफ्नो टोली दर्ता गर्नुपर्ने बताइएकाे छ । दर्ता गर्ने अन्तिम मिति साउन ९ गतेसम्म रहेको छ । यसका लागि यहाँ क्लिक गर्नुहाेस् ।

विश्वभरबाट कम्प्युटर तथा सूचना प्रविधिमा रुचि भएका व्यक्तिले यो ह्याक फेस्टमा आफ्नो टोली दर्ता गर्न सक्नेछन् ।

आयोजकका अनुसार कार्यक्रममा पाँचभन्दा बढी मिनी इभेन्ट्स, १० भन्दा बढी विज्ञहरूसँगको छलफल तथा १० भन्दा बढी कार्यशाला आयोजना गरिनेछ ।

कार्यक्रमको कूल पुरस्कार राशि एक लाख ५० हजारभन्दा बढीको रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३