close

इन्टरनेट बिना जीमेल प्रयोग गर्ने तरिका

टेकपाना टेकपाना

असार १५, २०७९ १३:३९

इन्टरनेट बिना जीमेल प्रयोग गर्ने तरिका

काठमाडौं । गुगलको जीमेल विश्वको सबैभन्दा बढी प्रयोग भएको ईमेल सेवा हो भन्दा फरक नपर्ला । गुगलले यसमा आकर्षक फिचरहरू ल्याएर नयाँ परिवेशमा नयाँ सेवाको आभास गराइरहन्छ ।

माउन्टेन भ्यूस्थित गुगलप्लेक्सले जीमेललाई अफलाइन प्रयोग गर्न सकिने बनाएको छ । सामान्य अर्थमा भन्दा अब इन्टरेनट कनेक्सनबिना नै जीमेल प्रयोग गर्न सकिने भएको छ ।

आज हामी जीमेललाई कसरी अफलाइन प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौं ।

गुगललाई यसरी अफलाइन मोडमा प्रयोग गर्नुहोस्

विभिन्न किसिमका इमेल सेवा जस्तै जीमेल, याहू, आउटलुक, हटमेल आदिको प्रयोग गर्न इन्टरनेट अनिवार्य हुन्छ । इन्टरनेट भएको खण्डमा मात्र प्रयोगकर्ताले नयाँ मेल हेर्न, आफूले मेल पठाउन र मेल रेस्पोन्ड गर्न सक्छन् ।

अब जीमेलका प्रयोगकर्ताले अफलाइन मोड इनेबल गरेको खण्डमा इन्टरनेटको प्रयोगबिना नै केही फिचरमा एक्सेस पाउन सक्नेछन् ।

जीमेलको अफलाइन मोड प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

सबैभन्दा पहिले आफूलाई आवश्यक परेको डिभाइसमा जीमेल अकाउन्ट खोल्नुहोस् । (हाल यो सेवा मोबाइल एप्लिकेसनमा उपलब्ध छैन । यो विन्डोज, म्याक र लिनक्सजस्ता अपरेटिङ सिस्टममा उपलब्ध छ ।)

-त्यसपछि माथि दायाँपट्टि देखाइएको सेटिङको आइकनमा क्लिक गर्नुहोस् ।

-त्यसपछि सी अल सेटिङको अप्सनमा क्लिक गर्नुहोस् ।

-त्यसपछि  जेनेरल, लेबल, इनबक्स अप्सन भएका ठाउँको अन्तिमतिर अफलाइनको अप्सन देख्न सकिन्छ । त्यसैमा ट्याप गर्नुहोस् ।

  • त्यसपछि इनेबल अफलाइन मेलमा टिक लगाउनुहोस् ।
  • त्यसपछि तल रहेको डाउनलोड अट्याचमेन्ट अप्सनलाई इनेबल गर्नुहोस् ।
  • त्यसपछि आफ्नो आवश्यकता अनुसार डेटा कम्प्युटरमा स्टोर गर्ने वा अफलाइन डेटा हटाउने भन्ने छान्न सक्नुहुन्छ ।

यदि अफलाइन मोड इनेबल गरियो भने जीमेलले स्वतः पछिल्ला इमेलहरू अफलाइन एक्सेसका लागि सिंक गर्छ । अफलाइन मोड इनेबल गरियो भने मेल पठाउने बित्तिकै जान्छ भन्ने चाहिँ हुँदैन ।

तपाईंको डिभाइसमा इन्टरनेट कनेक्सन नभएको अवस्थामा यसले तपाईंले पठाउन लागेको ईमेललाई आउटबक्समा राख्छ । जतिबेला तपाईंको डिभाइस इन्टरनेटसँग कनेक्ट हुन्छ त्यसपछि ईमेल पठाउन चाहेको व्यक्तिले पाउँछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३